Note: All
the information is provided by Deepak Bajracharya himself to
thenepalusa.com. We pleased you, not to take or copy any of this
information without Deepak Bajracharya Permission. If you have
problem with this info and the song, You can contact to the owner of
this Album.

DATE OF BIRTH :- May 2, 1974 AD (2031 BS)
PLACE OF BIRTH :- Bhinchhe Bahal, Lalitpur-7, Nepal
WORKING ADDRESS : Gwarko (Imadole) Lalitpur-5, Nepal.
CITIZENSHIP:- Nepali
PROFESSION:- Artist, Music Arranger, Singer,
Performer Managing
Director , ROYALTONE RECORDS Pvt. Ltd
EDUCATION:- Bachelor of
Commerce, Patan Multiple College (1996 AD)
SEX:-
Male
MARITAL STATUS:- Married, 1 daughter
|
|
Discography
FIRST SONG :- CHODI GAYO
PRIYA
FIRST CONCERT :- KATHMANDU CITY HALL (1988 AD) (2045 BS)
RECORDED SONGS :- MORE THAN 250
PERFORMANCES :- MORE THAN 275
RELEASED ALBUMS :- 7 (SEVEN)
FIRST :- ASSAI ASSMA (Audio
Cassette)
SECOND :- DEEPAK BAJRACHARYA (Audio Cassette)
THIRD :- SAMAYA (CD)
FOUR :- BEST OF DEEPAK
BAJRACHARYA (CD)
FIFTH :- GEET (CD)
SIXTH :- ASAR (CD)
SEVENTH:- JHUMI JHUMI (CD)
EIGHT:- ONRUSH (CD)
Major Solo Concerts
1. DEEPAK'S NIGHT IN HONG KNOG (2002)
2. WORLD NO TOBACCO DAY MEGA EVENT BY DEEPAK BAJRACHARYA LIVE
(2003)
Presented by NHEICC and WHO (At Dasrath Stadium .Ktm)
3. DEEPAK BAJRACHARYA PERFORMING LIVE IN POKHARA (2003).
4. DEEPAK BAJRACHARYA LIVE IN PATAN (At Patan Durbar Square)
5. LET THE CHILDREN WALK (Presented by Dr. Ashok Baskota)
6. DEEPAK BAJRACHARYA LIVE IN UNPLUGGED 2004
(At Royal Nepal Academy.Ktm)
7. .MA RA MERO GUITAR (At Malla Hotle)
8. DEEPAK BAJRACHARYA LIVE IN BAL MANDIR (Bal Mandir)
Combined Concerts:-
1. With LUCKY ALI (At Dasrath Stadium.Ktm, And Pokhara)
2. With 1974AD (ICON 2003 At.Ktm And Hong Kong)
3. With Rovin & Lujaw And Mongoliyan Heart (At Dasrath Stadium. Ktm)
4. With Ram K Dhakal and J Rajani Kant (At Japan)
5. With Indra Gurung (At Japan) Etc.
Nominated For Music Awards
OH AMIRA 1997 AD
(2054 BS)
MAITIGHAR, SUNSAN 1998 AD (2055 BS)
SAMAYA 1999 AD (2056 BS
(HITS FM AWARD WINNER)
TIMI NAI TIMI 2000 AD (2057 BS)
ANDHYAROMA 2002 AD (2059 BS)
RITU 2004 AD (2060
BS) ETC…
Performer Awards
HIT'S FM
BEST MALE VOCAL PERFORMANCE 1999AD (2056 BS)
MILLENIUM AWARD
BEST MUSIC VIDIO AWARD 2000 AD (TIMI NAI TIMI)
AAHA POP MUSIC
BEST MALE VOCAL PERFORMANCE , 2003 AD (2060 BS)
TAAL MUSIC AWARD
ALBUM OF THE YEAR 2003 AD (2060 BS)
MALTA INTERNATIONAL
ICON 2003
International Concert Tours
HONG KONG – 5 Performances
JAPAN – 7 Performances
KOREA – 1 Performance
KUWAIT – 1 Performance
INDIA – 9 Performances
QATAR – 5 Performances
UK - 3 Performances
AUSTRALIA – 6 Performances
USA – 37 Performances
Brand Ambassador For
BAGPAIPER WHISKEY
KODAK FLIM
SAMSUNG ELECTRONICS
WORLD LINK COMMUNICATION
ANNA LIFAN MOTORCYCLE
Popular Hit
Songs
KALI KALI HISSI PAREKI
OH AMIRA
KATTI BASCHAU MAITIGHAR MA
SAMAYA (BITISAKE PACHI PHARKERA AAUNDAINA)
ANDYAROMA CHAUNCHAU TIMI
JU JU NA NA (MAYA KO DORILE)
RITU (FARKERA AAUNE CHAINA)
JHUMI JHUMI
|
Angalo-Deepak Bajracharya(ONRUSH) |
|
Press Release:
प्रेस विज्ञप्ति
मितिः २१ माघ २०६७
चर्चित गायक दिपक बज्राचार्य आफ्नो नयाँ एल्बम अन्रसका साथ फेरि
श्रोतामाझ आएका छन् । उनको दुई दशकको सांगीतिक यात्रामा यो आठौं एल्बम
हो । फास्ट र लोकप्रिय विटमा चर्चित र लोकप्रिय मानिएका दिपकले आफ्नो
नयाँ एल्बममा पुरानो पनलाई पनि निरन्तरता दिएका छन् । ६ वर्षसम्म उनको
नयाँ सिर्जना सुन्न नपाएर न्यास्रिएका स्रोताका लागि विश्वभर मनाइने
प्रेम दिवस भ्यालेनटाइनको पूर्वसन्ध्यामा उनको यो एलबम ठूलो उपहार
हुनेछ । चल्ती र नयाँ विकास भएका सांगीतिक प्रयोग गरेर उनले एलबमलाई थप
नयाँ पन दिएका छन्।
एल्बममा विभिन्न समय सन्दर्भमा लेखिएका तिमीलाई भुलेको छैन, हावाको
सिरसिरे, आँखामामात्र, जानीजानी, अंगालोको न्यानोपन, तिमी सामु, हरपल
सम्झन्छु तिमीलाई, प्रेम प्रस्ताव र भावीको लेखा गरी १० वटा गीत समावेश
छन्। तिमीलाई भुलेको छैन बोलको गीतलाई अनप्लग भर्सनमा पनि तयार गरिएको
छ । एलबममा जेम्स प्रधानले ३ वटा, दीपक बज्राचार्य स्वयंले ४ वटा,
भूपेन्द्र बज्राचार्य र अनिल सिंह १÷१ वटा गीतमा संगीत भरेका छन् ।
गीतहरु जेम्स, दीपक, मीरा शाह, कुसुम खड्का र अनिल सिंहले लेखेका हुन्
। सबै गीत पे्रमभावका छन् ।
कालीकाली हिस्सी परेकी, ओ अमिरा, अध्यारोमा, झुमीझुमी, कति बस्छ्यौ
माइती घरमा, बितिसकेपछि फर्केर आँउदैनजस्ता कालजयी र चर्चित गीतका
गायकको यो एल्बम वर्षौंको मेहनत र त्यागले तयार भएको हो । व्यवस्थापनमा
स्नातक ओजिलो स्वरका धनी दिपकले प्रेम र जीवन दर्शनका गीतमा आफूलाई
अब्बल ठह¥याएका छन् । जसलाई आज सार्वजानिक गर्न पाउनु हाम्रा लागि
गौरवको कुरा हो । नेपाली पप संगीतका लागि यो ठूलो उपलब्धि पनि हो ।
किनभने विशेष गरी पप संगीतमा ब्यान्ड भन्ने वित्तिकै धेरैले विद्युतीय
ध्वनिको प्रयोगमात्रै हो भन्ने ठान्छन् । दिपक र उनको ब्यान्डले विगत ८
वर्षदेखि आफुलाई एकोस्टिक ब्यान्डका रुपमा प्रयोग गर्दै आएको छ । एलबममा
पनि त्यसको प्रयोग भएको छ । उनी सहित ५ जनाको उनको ब्यान्डमा रोजन
कायस्थ, रिकी शाक्य, फिरोज बज्राचार्य र बिकी शाक्य छन् ।
संगीत गुन्गुनाउन चाहने, संगीतमा झुम्न चाहने र नाच्न चाहने सबैका लागि
यस एलबमका गीत सुहाउदा छन् । विश्वका धेरै देशमा आफ्नो प्रस्तुती
दिइसकेका, २ सय ७५ गीतमा स्वर दिएर पप संगीतमा आफ्नै इतिहास र उचाइ
बनाएका गायक दिपक बज्राचार्यलाई यो एलबमले नेपालको पप संगीतमा सफलताको
अर्को मोडमा उभ्याउनेमा हामी विश्वस्त छौं । उनको गायनप्रतिको श्रद्धा
स्रोताबाट विगतमाजस्तै यसमा पनि प्राप्त हुनेछ भन्ने हामीलाई पूर्ण
विश्वास छ ।
एलबमका दुई गीत अंगालोमा र तिमीलाई भुलेको छैनको म्युजिक भिडियो तयार
गरिएको छ । प्रताप सिंह र संजीव राईले त्यसको निर्देशन गरेका छन् ।
यसअघि हिट्स एफएम, मिलेनियम, आहा पप म्युजिक लगायत अवार्ड जितिसकेका
गायक दिपकको एलबम अन्रसको प्रमोशन र संगीतको पाइरेसी विरुद्ध सचेतनाका
लागि हामी देशभर र विदेशमा पनि सांगीतिक यात्रामा निस्कने छौं ।
यो एलबम एकजनाको मेहनतलेमात्रै सम्भव भएको होइन । यसको उत्पादनमा लेखक,
संगीतकार, वाध्यवाधक, संगीत संयोजक, रेकर्डिंग स्टुडियो र रेकर्डिस्ट,
कार्यक्रम प्रायोजक तथा प्रत्यक्ष अप्रत्यक्ष सघाउने सबैलाई धन्यवाद
दिन चाहन्छौं । यस अन्रस एल्बम सार्वजानिक कार्यक्रममा उपस्थित भइ
सहयोग गरिदिने सबै सञ्चारकर्मी मित्रहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं
।
आयोजक
विज इन्टरनेशनल
र
राइज म्युजिक |