TheNepalUSA.com


Updated on May 11, 2008


एमालेको पराजयको कारण डर त्रास र आतंक
धादिङ, ११ वैशाख ः नेकपा एमाले धादिङले पार्टी पराजय विपक्षी राजनितिक दलले एमाले विरुध्द मच्चाएको आंतक, मतादातालाई देखाइएको डर त्रास र कार्यकर्ता माथीको साघातीक हमला मुख्य कारण भएको ठहर गरेको छ । नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटी धादिङले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी सहयोग गर्ने आम मतदातालाई धन्यवाद दिएको छ । विज्ञप्तिमा भनिएको छ (एमाले पार्टी बिरुद्ध गरिएको हमला र आतंकका कारण प्राविधिक रुपमा क्षणिक पराजय भोग्नुपरको हो


अमेरिकाले माओवादीलाई तत्काल आतंककारीको सूचीबाट नहटाउने
अमेरिकी विदेश मन्त्रालयले नेपालको राजनीतिक परिवर्तनको बारेमा धारणा राख्दै माओवादीलाई तत्काल आतंककारीको सूचीबाट नहटाउने जनाएको छ । विदेश मन्त्रलयले केही समय माओवादीको व्यवहार हेर्ने जनाएको छ । विदेश मन्त्रालयका उपप्रवक्ता टम क्यासीले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।


नेपालमा सस्तो ईन्टरनेट
लामो झमेला र अवरोधलाई पन्छाउँदै अन्ततः नेपालीहरुले पनि सस्तोमा द्रुत गतिको एडीएसएल प्रविधिको इन्टरनेट चलाउन पाउने भएका छन्। निजी आईएसपीहरुको विरोधका कारण केही समय रोकिएको यो इन्टरनेट सेवा नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिपछि नेपाल टेलिकमले सुरु गर्न लागेको हो। अब १२८ केबीपीएसको इन्टरनेटका लागि निजी आईएसपीहरुले ग्राहकहरुको ढाड सेक्ने गरी लिइरहेको शुल्कमा भारी कटौति भई ९०० रुपैयाँ प्रति महिनामा पाइने भएको छ । प्राधिकरणले आफ्नो तामाको तारमा निजी आईएसपीहरुलाई पहुँच दिन्नँ भनी लिएको अड्डीलाई प्राधिकरणले त्यसो भन्न मिल्दैन, ग्राहकलाई छनौटको अवसर दिनुपर्छ भनी एनटिसीलाई आदेश दिएको छ भने मूल्य सस्तो भयो, क्रस सब्सिडी दिन पाइन्न भनेर आईएसपीवालाहरुले गरेको उजुर खारेज गरी टेलिकमले निर्धारण गरेको शुल्कमा नै सेवा सञ्चालनको अनुमति दिएको छ। यस अनुसार एडीएसएलमा एनटिसीको एकाधिकारको खतराबाट बचिएको छ। निजी आईएसपीहरुले पनि अब टेलिकमको तारबाट इन्टरनेट बेच्न त पाउने छन्, तर उनीहरुले यसअघि लिँदै आएको ढाड सेकाउने शुल्क भने लिन पाउने छैनन्। ८८ केबीपीएस कै साढे पाँच हजार रुपैयाँ प्रति महिनामा बेच्ने वर्ल्डलिङ्क र १२८ केबीपीएसको साढे ७ हजार प्रति महिनामा बेच्ने मर्कन्टायललाई ९०० रुपैयाँ प्रति महिनामा इन्टरनेट उपलब्ध हुन थालेपछि यिनीहरुलाई मर्का परेता पनि , सस्तोमा द्रुत गतिको इन्टरनेट उपलब्ध भएपछि अनलाइन पत्रकारिता, ब्लग आदिको विकासमा पनि सकारात्मक प्रभाव पर्ने छ र यो प्रविधीले ग्राहकहरुलाई राहत हुने निश्चित छ।


माओवादीसँगको सहकार्य तोड्न सुझाव
माओवादीसँगको सहकार्य तोड्दै आगामी दिनमा कुनै सहमति नगर्ने, माओवादीलाई सरकारको नेतृत्व गर्न दिनुनहुने र माओवादीसम्मिलित सरकारमा बस्न नहुने प्रस्ताव नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा आएको छ। संविधानसभा निर्वाचनमा पराजयको कारण नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व भएको हँुदा तत्काल केन्द्रीय समिति भंग गरी तदर्थ समिति बनाई पार्टी महाधिवेशन गर्न र निर्वाचनको समयमा पार्टी उम्मेदवारहरूलाई हराउन अन्य दलसँग सँठगाँठ गर्नेहरूलाई अनुशासनको कारबाही गर्न पनि कांग्रेसभित्र जोडदार आवाज उठेको छ। संविधानसभा निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयबारेमा समीक्षा गर्न र भावी रणनीति तय गर्न बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेस केन्द्रीय सदस्यहरू गोविन्दराज जोशी, विनयध्वज चन्दलगायतले माओवादीलाई सरकारको नेतृत्व गर्न दिएमा अन्तरिम संविधानअनुरूप दुइ तिहाइ बहुमत नभई हटाउन नसकिने र माओवादी अझ निरंकुश बन्ने बताउनुभएको थियो। संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसको पराजयको प्रमुख कारणमा माओवादी सहित सात दलको बीचमा १२ बँुदे सहमतिमा हस्ताक्षर गर्नु, राष्ट्रिय मेलमिलापको नीति पर्ुनर्परिभाषित गरी बीपी कोइरालाको नीतिलाई परित्याग गर्नु, राष्ट्रवादी पनि नभएको तथा प्रजातन्त्रवादी पनि नभएको माओवादीसँग मेलमिलाप गर्नु, माओवादीसँग अप्राकृतिक र अस्वाभाविक गठबन्धन गर्नु, माओवादीसँग पटकपटक सहमति गर्नु तर कार्यान्वयन नगर्नु। माओवादी कार्यकर्ताहरूले बुथ कब्जा गर्नु, कांग्रेस कार्यकर्ता
तथा मतदाताहरूलाई त्रसित बनाई माओवादीको पक्षमा मत दिनुपर्ने बनाउनु र शान्तिसुरक्षाको प्रत्याभूति जनतालाई दिन नसक्नु, निर्वाचनमा जाँदा निर्वाचनको रणनीति बनाउन नसक्नुजस्ता कारणले पनि कांग्रेसले पराजय भोग्नुपरेको नेताहरूले बताए।


आफ्नै शान मा बसेका राज परिवार र नेताहरुको हुङ्कार
संविधानसभामा अधिक मत हासिल गरेको माओवादीका नेताहरुले राजालाई स्वेच्छाले गद्दी त्याग गरी सम्मानित नागरिकको स्थान ग्रहण गर्न आग्रह गरिरहेको बेला, राजाले गद्दीमोह त्याग्ने संकेत देखाएका छन्। युवाराज पारसको निवासको रुपमा परिचित रहँदै आएको निर्मल निवासमा मर्मतसम्भार हुन थालेपछि युवाराज भने आफ्ना परिवारसहित सोल्टी होटलमा सुइट लिएर बस्न थालेका छन्। सोल्टीमा 'आसन' जमाएका पारस केही दिनअघि गीतकार छिन्नलताको छोरीको बिहेमा सार्वजनिक भएका थिए।  त्यहाँ उनले आत्मग्लानि, हीनताबोध र पश्चात्तापको कुनै छनक देखाएनन्। उनको हाउभाउ हेर्दा राजतन्त्र जीवितै रहने र कसैले उखेल्न नसक्ने विश्वास बोकेर फर्केका थिए। यता माओवादी नेताहरुको राजाप्रति थरीथरी कुरा कुरा फेरिदै गर्दा राजा ज्ञानेन्द्र बडो शासनका साथ सम्पादक समाजका अध्यक्ष देवेन्द्र गौतमका सुपुत्र प्रदीप्न गौतमको बिहे भोजमा निर्धक्क सरिक हुन पुगे। आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा बरबधूलाई आशीर्वाद दिएका राजाले पत्रकार गौतम र विशिष्ट पाहुनाहरुसंग झन्डै ४५ मिनेटसम्म समय बिताए। राजाको ठाँटबाँट देख्नेहरुले – बाहिर जती हल्ला गरे पनि, उसलाई केही भएकै छैन जस्तो देखिन्छ। यता राजा हटाउने सन्दर्भमा संविधानसभाको सबैभन्दा ठूलो दल माओवादीमा बबाल भएको छ। अध्यक्ष प्रचण्ड राजाको सम्मानजनक वहिर्गमनको पक्षमा वकालत गररहेका छन्। दोश्रो नम्बरका नेता वावुराम भट्टराई राजालाई सांस्कृतिक, आधिकारिक र सत्ता दिएर पनि पाल्ने धारणा सार्वजनिक गरिरहेका छन्। माओवादीभित्रका सैन्य कमान्डर रामबहादुर थापा बादल भने आफ्नो पार्टीलाई कुनै पनि रुपको राजा मान्य नहुने हुंकार गर्दैछन्।


चित्रकार किरण मानन्धरको किर्तिमान
विश्व चित्रकलाको क्षेत्रमा नयाँ इतिहास रच्दै शुक्रबार वरिष्ठ चित्रकार किरण मानन्धरले राजधानीको धरहराको
२०३ फिट अग्लो ठाउँबाट सुर्योदय देखी सुर्यास्त सम्ममा १२५ मिटरको क्यान्भासमा 'अबको नेपाल' नामक चित्र सिर्जना गरेर विश्वो किर्तिमान कायम गरेका छन । उनले १ सय २३ मिटर लामो क्यानभासमा रंग भरेका थिए ।


 बिहे भारतमा भोज नेपालमा
चुलबुले नायिकाका रुपमा प्रख्याति कमाएकी नायिका विपना थापाले गएको साता बिहे गरेकी छिन् । चार वर्षलामो प्रेम प्रसङ्ग कसैलाई पनि थाहा नदिई गएको माघमा परिवारकै मिलेमतोमा सुटुक्क कुरा छिनिएलगत्तै बैशाख ६ गते भारतका मथुरा निवासी डाक्टर आशुतोष भारद्वाजसँग पारम्परिक रुपमा बिहे गर्ने निधो भएको थियो । आजभन्दा चार वर्षअघि चलचित्र "बरमाला"को सुटिङको क्रममा भेटघाट र चिनजान बढेपछि यी दुइ बीच सम्बन्ध बढेको चलचित्र उद्योगका केही जानकारहरु बताउँछन् । डा. भारद्वाज नेपालको प्रख्यात नर्भिक अस्पताल थापाथलीमा काम गर्थे । बिहेपश्चात् पनि परिवारको सहमतिमा चलचित्र उद्योगलाई निरन्तरता दिनसक्ने बताउँदै आएकी विपनाले पछिल्लो समयमा चलचित्रमा अभिनयको क्रमलाई लगभग टुंग्याउँदै आइरहेकी थिइन् । उनको पछिल्लो चलचित्र "हामी साथीभाइ"ले पनि उति करिश्मा देखाउन सकेको थिएन । उनले बालुवाटारमा बुटिक चलाउँदै आइरहेकी छिन् भने बिहेपश्चात् आफ्ना सिर्जनशील कुनै पनि कामलाई जारी राख्ने बताएकी छिन् । उनले मथुरामा भारतीय शैलीको बिहे गरे पनि नेपालको अन्नपूर्ण होटलमा भव्य विवाह भोजको आयोजन गरेकी थिइन । भोजमा नेपालका प्रख्यात नायक नायिकाहरु राजेश हमाल, भुवन केसी, रेखा थापा, झरना थापा, रेजिना उप्रेती, सुशील क्षेत्री, शोभित बस्नेतलगायत अन्य कलाकारहरु पनि कार्यक्रममा उपस्थिति थिए साथै उक्त भोजमा नेपाली कङ्रेसका युवा नेता गगन थापा पनि कार्यक्रममा सहभागी भएका थिए  ।


स-साना विद्यार्थीहरुलाई ल्यापटपबाट शिक्षा 
विश्व भर कम्प्युटरको प्रयोग भैइरहेको बेला नेपालमा शिक्षा विभाग तथा साझा शिक्षा इ पाटी नामक संस्थाको आयोजनामा सरकारले ओएलपिसी कार्यक्रम अन्तरगत ललितपुरको लुभुस्थित विश्वामित्र गणेश निमावी र लाकुरे भञ्ज्याड. लामाटारस्थित बासुकी निमावीका विद्यार्थीहरुलाई ल्यापटप वितरण गरेको छ । परिक्षणका लागि केही विद्यालयका स-साना विद्यार्थीहरुलाई ल्यापटपको माध्यमबाट शिक्षा दिने नीति अनुरुप सरकारले यो कार्यक्रम ल्याएको हो । 


विश्वकै ठूलो हवाइ जहाज लण्डनमा अवतरण
विश्वको सबै भन्दा ठूलो हवाइ जहाजलाई पहिलो पटक बेलायतको राजधानी लण्डनमा अवतरण गराइएको छ । एयरबस A380 को नाम दिएको सो जहाजमा करिब ८५० जना यात्रुले यात्रा गर्न सक्छन् । हवाइ जहाज बनाउन ८० लाख ३८ हजार पाउण्ड लागेको थियो । दुई तल्ला भएको उक्त जहाज ७३ मिटर लामो र २४ मिटर अग्लो छ । ८० मिटर लामो पखेटा भएको जहाजमा हरेक पखेटामा ४२१ टन सामान लोड गर्न मिल्छ । सो हवाइ जहाज रङ्गाउन ३६,०० लिटर रङ लागेको थियो । फेब्रोवरी २९ सम्म १९२ वटा नया जहाजको लागि अडर आइसेको छ भने  यएरबस निर्माण गर्ने सो कम्पनीले हरेक महिना ४ वटा हवाइ जहाज निर्माण
गर्न सक्दछ ।


Updated on April 21, 2008


नयाँ मन्त्रिमण्डल नबनेसम्म काम गर्न मन्त्रीहरूलाई प्रम कोइरालाको आग्रह  
 वैशाख ६ गते । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले निर्वाचनको परिणामभन्दा पनि महत्त्वपूर्ण विषय संविधानसभा निर्वाचन सम्पन्न गर्नु र संविधानसभा मार्फत नया लोकतान्त्रिक संविधानको निर्माण गर्नु हो भन्नुभएको छ ।
मुलुकमा संविधानसभाको निर्वाचन सम्पन्न भई निर्वाचनको परिणाम प्राप्त हुने क्रम जारी रहेको चर्चा गर्दै प्रधानमन्त्री कोइरालाले वर्तमान सरकारका मन्त्रीहरूलाई
सहयोग गर्न आग्रह गरेका छन ।


एक लाख नदिए माओवादीद्व्वारा घर निकाला गर्न्ने धम्क्की
भोजपुर । वैशाख ५ गते /माओवादीले भोजपुरको उत्तरी कुलुङ्ग गाविस-५ का एमाले गाउँ कमिटी सदस्य केदार कार्कीलाई एक लाख नबुझाएमा घर निकाला गर्ने धम्की दिएका छन् । माओवादी कार्यकर्ताले ०६५ वैशाख ४ गते कार्कीको घरमा पुगेर पार्टीलाई एक लाख नदिएमा घर कब्जा गरी निकाला गर्ने धम्की दिएको पीडितले बताएका छन ।


 राजा ज्ञानेन्द्रलाई दरबार छाड्न एक महिने अल्टीमेटम  
sf7df8f}+ . ;+ljwfg;efsf] lgjf{rg kl/0ffd आफ्नो पकडमा आएपछी d'n'ssf] 7"nf] kf6L{ g]skf dfcf]jfbLsf jl/i7 g]tf प्रचण्ड र 8f= afa'/fd e§/fO{n] /fhf 1fg]Gb|nfO{ Ps dlxgf भित्रमा नारायणहिटी दरबार छाड्न आग्रह गरेका छन् . Ps dlxgf भित्रमा नारायणहिटी दरबार नछोडे ;+ljwfg;ef ;b:ox¿sf] klxnf] a}7sn] /fhf ज्ञानेन्द्रलाई b/af/af6 lgsflnlbg] r]tfjgL;d]t lbPsf 5g\ .


चुनाव घोषणापछि सैंतीसको मृत्यु
टंक पन्त (काठमाडौं) संविधानसभा निर्वाचनको मिति घोषणा भएपछिको चार महिनामा भएको हिंसात्मक घटनामा ३७ जनाको ज्यान गएको छ भने १ हजारभन्दा बढी घाइते भएका र ८९ जनालाई अपहरण गरिएको पाइएको छ। लोकतन्त्र र निर्वाचन सञ्जाल नेपाल (डिन) ले संविधानसभा निर्वाचनबारेमा मुलुकभर ९ हजार ३ सय ९३ पर्यवेक्षकमार्फ गरेको पर्यवेक्षणअनुसार निर्वाचन नजिकिने क्रमसँगै निर्वाचन हिंसाका घटनामा पनि नाटकीय रूपमा वृद्धि भई निर्वाचनअघिको १५ दिनको अवधिमा घटना संख्या दोब्बर हुन पुगेको थियो।


सानो मोटरसाइकलको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा अभाव भइरहेको बेला नेपालमा विद्युतीय मोटरसाइकलप्रति उपभोक्ताको अभिरुचि जाग्न थालेको छ । काठमाडौंमा मात्र डेढ सयको संख्यामा यस्ता साना आकारका विद्युतीय मोटरसाइकल चल्न थालिसकेका छन् ।
हेर्दा सामान्य देखिने यस्ता मोटरसाइकलबाट एक पटक चार्ज गरेपछि ५० किलोमिटरसम्मको यात्रा पूरा गर्न सकिन्छ । पेट्रोल नचाहिने यी मोटरसाइकल रिचार्जेवल व्याट्रीले चल्छन् । उक्त मोटरसाईकलमा प्रतिकिलोमिटर दश पैसा र दिनको ५ रुपैयाँमात्र खर्च लाग्दछ । यो मोटरसाइकल चढ्नका लागि नेपालमा न त चालक अनुमतिपत्र चाहिन्छ न त दर्ता नै गर्नुपर्छ । चीनबाट आयात गरिएका यस्ता मोटरसाइकल नेपालको बजारमा करिब तीस हजार रुपैयाँमा पाइन्छ ।


एकै परिवारका चारको रहस्यमय हत्या
७ वैशाख कपिलवस्तुको धनकौली गाविस-९ चुत्रादेहिकामा एकै परिवारका चारजनाको रहस्यमय हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार ५५ वषीय धुन्दकाल खरबिन्द, उनको श्रीमती ४२ वषीया बिन्दवासिनी, छोरीहरू १५ वर्षकी उमरवा र १० वर्षकी तरमतीको मृत्यु भएको हो । धुन्दकाल दम्पती एक घरमा र छोरीहरू अर्को घरमा मृत अवस्थामा भोटिएका हुन् । दुवै छोरीहरूको बलत्कारपछि हत्या गरिएको पोष्टमार्टम रिपोर्टबाट देखिएको छ । तर, दुई वषीया बालिका भने जीवितै छिन् ।


निर्वाचित माओवादी केन्द्रीय नेता न्युयोर्कमा
नेपाल कम्युनिस्टा पार्टी (माओवादी)का केन्द्रीय सदस्य तथा स्थानीय विकास मन्त्री देव गुरुङ राष्ट्रसंघद्धारा आयोजित एक जनजातिसम्बन्धी कार्यक्रममा भाग लिने शिलशिलामा यसै साता न्युयोर्क आइपुग्ने भएका छन् । हालै सम्पन्न संविधान सभाको निर्वाचनमा मनाङ र कास्की गरेर दुइ क्षेत्रबाट विजयी माओवादीका केन्द्रीय सदस्य गुरुङ संविधान सभाको निर्वाचनपछि अमेरिकाको भ्रमण गर्ने पहिलो नेता हुनेभएका छन् ।


भारतीय रेलमा दैनिक दसको मृत्यु
मुम्बई/ विगत पाँच वर्ष यता मुम्बईमा चल्ने रेलमा यात्रा गर्ने कम्तीमा २० हजार व्यक्तिको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ । त्यसरी हुने मृत्यु प्रायः अत्यधिक भीडका कारण भएको बताइएको छ । मुम्बईमा दैनिक ७० लाख यात्रुले रेल प्रयोग गर्छन् । मध्य र पश्चिम भारतको रेल सेवाले सार्वजनिक गरेको तथ्यांकअनुसार विगतका पाँच वर्षमा २० लाख ७ सय ६ जना यात्रुले रेल चढ्दा ज्यान गुमाएका छन् । रेलमा दैनिकजसो कम्तीमा १०
जनाको मृत्यु हुने गरेको छ; रेल-वे कमिस्नर एके शर्माले बताएका  छन ।


xf:o>[+vnfsf] axf/
ljut s]xL jif{b]lv g]kfnL 6]lnlehg Rofgnx¿df xf:o sfo{qmdx¿ k|;f/0f ug]{ qmd al9/x]sf] 5 . xf:o >[+vnfx¿n] nf]slk|otf klg kfO/x]sf 5g\ . …tLtf] ;ToÚdf bLks / bLkfsf] /dfOnf] jftf{nfk xf];\ jf a]Odfgsf] w'Tof{O
, …d]/L af:;}Údf w'd'{; / ;'Gt' xf];\ ls afGb|] / dfUg]a"9f, o:tf cg]sf}+ xf:o sfo{qmdn] bz{sx¿nfO{ dgf]/~hg lbO/x]sf] 5 . To;}n] xf:o>[+vnfx¿sf] nf]slk|otfn] 6]lnlehg Rofgnx¿df /fd|f] ks8 kfPsf] x'bfF bz{sx?n] ;dfrf/d"ns sfo{qmdeGbf xf:o sfo{qmd x]g{d} hf]8 lbPsf 5g\ .


Rights-1.jpg picture by thenepalusa