२०१५ साल देखी मडलिङबाट आफ्नो पेसा सुरु गरेकी शिलु पोख्रेल, तीज क्विन नेपाल २०१५ मा तेस्रो रन्नर अप भएकी र बेस्ट फोटोजेनिकमा पनि ताज पाउन सफल यि मोडलले आफ्नै शब्दमा रहेको “के होला माया” बोलको गीत सावर्जनिक गर्दै छिन । आफै अभिनयमा अब्बल रहेकी यि मोडल यस गीतमा पनि आफैले अभिनय गर्ने भएकी छिन । माया अन्धो छ, माया लाई देख्न सकिन्न, छुन सकिन्न, र कुनै पनि शब्दमा पोख्न सकिन्न भन्ने कुरा यस गीतको म्युजिक भिडियोमा देखाउन खोजिएको छ । मायामा हार जित दुवै हुन्छ भन्ने सन्देश दिन खोजेको यस म्युजिकलाई म्युजिक दिएका छन डि जे रिकेनले । यस गीतलाई दर्शक स्रोताहरुले कतीको मन पराउनुहुन्छ त्यो त भविश्यले नै देखाउछ ।
हाम्रो साझा टि.भी युनिटको तर्फबाट शिलु पोख्रेललाई अग्रिम बधाई