काठमाडौं, ३ चैत । अभिनेत्री वर्षा राउतले अभिनय गरेकी छोटो चलचित्र ‘सावधान’ सार्वजनिक भएको छ ।सानी बालिकामाथि आफ्नै नजिकका आफन्तले बलात्कार गरेको घटनामा आधारित चलचित्र ‘सावधान’ लाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।
बालयौन दुराचारको कथालाई उठान गरेको यो चलचित्रमा वर्षाले आमाको भूमिका निर्वाह गरेकी छिन् । छोरीको भूमिका निर्वाह काव्या अधिकारीले गरेकी छिन् । यस्तै, बुबाको भूमिकामा प्रविण खतिवडा रहेका छन् ।
यौन दुव्र्यवहार हुँदा पनि आफ्नै आमाबुबाले नसुन्ने प्रसंग चलचित्रमा छ । यो छोटो चलचित्रमा आर्जेश रेग्मी, अनिता बस्नेत, भूपेन्द्रसिंह धामीले पनि अभिनय गरेका छन् ।
यो चलचित्र १० मिनेट लामो रहेको छ । जाङ्मु शेर्पा, फुर्वा याङ्जी शेर्पा र निमा शेर्पा श्रेष्ठले लगानी गरेका यस चलचित्रमा शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत रहेको छ ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।