काठमाडौं, ७ चैत । हाँस्य कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेको ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक गरिएको छ ।उनीहरुले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ नामक वेव चलचित्रमा समावेश ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक गरिएको हो ।
यसमा लोकराज अधिकारीको शब्द, राजेन्द्र बजगाँइको संगीत रहेको छ । यस्त्ै यसमा रचना रिमाल र भक्त प्रधानले स्वर दिएका छन् ।
वेव फिल्म एक महिना भित्र विभिन्न ओटीटी प्लेटफर्मबाट रिलिज हुने बाइएको छ । धुर्मुस–सुन्तलीको निर्देशनमा बनेको वेव फिल्ममा टेकेन्द्र शाहको सम्पादन रहेको छ । यो चलचित्रमा स्वेत्ना योञ्जनको कोरियोग्राफी छ ।
सार्वजनिक गीतको भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे र सुशिला थापाको अभिनय छ । चलचित्रमा रवि गिरी, पल्पसा डंगोल, सुमन कार्कीलगायतका कलाकरले पनि अभिनय गरेका छन् ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।