
काठमाडौं । गीत र संगीतको माध्यमबाट सामाजिक चेतना फैलाउने श्रष्टाहरुमध्ये जेवी टुहुरेको नाम अग्रस्थानमा छ । पञ्चायतकालदेखि सांस्कृतिक माध्यमबाट सामाजिक रुपान्तरण महत्वपूर्ण योगदान गरेका टुहुरे सँधैका लागि अस्ताएका छन् ।
चार दशक अघि महिला जागरणका लागि बनाइएको ‘आमा दिदी बैनी हो कति बस्छौ दासी भै, सुखको सँधै प्यासी भै’ गीत अझै पनि सान्दर्भिक छ । महिलाहरुलाई आरक्षण त दिइएको छ तर, कागजमा मात्र सीमित छ ।
घरेलु हिंसाका घटनाहरुमा कमी आएको छैन । त्यसैले अनेक प्रकारले दबाइएका र शोषणमा परेकाहरुलाई जागरुक बनाउन जेबी टुहुरेका गीतहरु अहिले पनि उत्तिकै सान्र्दभिक छन् ।
विक्रम संवत् २०३४ सालमा रेकर्ड गरिएको यो गीतमा महिला जागरणको बिषयबस्तुलाई शसक्त ढंगले उठाइएको छ । ‘घर भित्र पिल्सिएर रहेका महिलाहरु अब अधिकारका उठ’ भन्ने तिनै श्रष्टाको ७८ वर्षको उमेरमा निधन भएको छ ।
संगीत क्षेत्रमा ५ दशकाभन्दा बढी बिताएका टुहुरेले अधिकांश आफ्ना गीतहरुमा सामाजिक विषयवस्तुलाई जोडेका छन् । नेपालका कम्युनिष्ट आन्दोलन र कम्यूनिष्टको अब्बल रहेका टुहेरेले पञ्चालयत कालमा जनतालाई जागृत बनाउन राम्रो माहोल बनाएका थिए ।
कम्युनिष्ट पार्टीहरुलाई जनमत तान्ने आकर्षण बनेका सर्जक तथा गायक टुहुरेको निधनले नेकपा माओवादीलाई क्षति पुगेको माओवादी नेताको भनाइ छ । महिला जागरण होस् वा जातीय भेदभाव यस्ता विषयबस्तुलाई उठान गरी जागरुकका लागि गाउ–गाउ पुग्ने उनलाई आमजनमानसले जनबादी गायकको रुपमा चिन्छन् ।
टुहुरेको विहीबार बयोधा अस्पतालमा उपचारका क्रममा ७६ वषएको उमेरमा निधन भएको हो । टुहुरे मुटु, फोक्सो, महुमेह र उच्च रक्तचाप लगायतबाट पीडित थिए । संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि नेकपा माओवादी केन्द्रको कार्यालयमा राखिएको थियो ।
जेबी टुहुरेको शरीरमा माओवादी केन्द्रका नेताद्वय कृष्ण बहादुर महरा र नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाएका थिए । जेबी टुहुरेको विहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
उनले ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर, जस्ता चर्चित गीतहरु गाएका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।