
काठमाडौं । गायक स्वरुप राज आर्चायको स्वर रहेको ‘धुँवा धुँवा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । भिडियोको निर्माण टिमले एक कार्यक्रमको आयोजना गरेर अमेरिकाको क्यान्सस राज्यको ओभरल्याण्ड पार्क शहरमा एक कार्यक्रमका बीच भिडियो रिलिज गरेको हो । सो अवसरमा स्थानिय कलाकार तथा संगीतकर्मीहरुको उपस्थिती रहेको अन्तर्राष्ट्रिय साहित्य समाज क्यान्सस च्याप्टरले जनाएको छ ।
सार्वजनिक गीतमा कमला न्यौपानेको शब्द रहेको छ भने संगीत येदिन गजमेरको रहेको छ । धिरज श्रेष्ठको एरेन्ज रहेको गीतमा कृष्ण केआर मर्हजनको मिक्सिगं मास्टरिगं रहेको छ ।
जसमा प्रान्जल न्यौपाने र स्मृती श्रेष्ठको अभिनय रहेको छ । व्यबस्तताका बीच एक्लिएका एक प्रेमीको मनमा खड्किएको एक्लोपनालाई भिडियोले देखाएको छ । जसमा मानिसको जिन्दगीमा आइपर्ने अनेक आरोह अवरोहरुलाई कलात्मक शैलीमा निर्देशक केशबराज भट्टले भिडियोमा देखाएका छन् ।
उद्धब दाहालको छायांकन रहेको भिडियोको सम्पादन बिकास धमलाले गरेका हुन् । प्रकाश न्यौपानेको निर्माणमा तयार भिडियो तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो ।
हेर्नुहोस् यो प्रेम वियोगले भरिएको भिडियो
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।