
एजेन्सी : अहिलेका युवा पुस्ताका ढुकढुकी, अझ भनौ युवतीहरुको मनमा बस्न सफल नायक अनमोल केसी यतिवेला नयाँ फिल्म ‘क्याप्टेन’ को तयारीमा जुटेको बुझिएको छ ।
भदौतिर प्रदर्शन गर्ने तयारीमा रहेको दिवाकर भट्टराईले निर्देशन गर्ने उक्त फिल्मलाई भुवन केसीले निर्माण गर्न लागेका हुन् ।
उक्त फिल्मलगत्तै अनमोल ‘कृ-२’ मा अनुबन्धित हुने बुझिएको छ । ‘कृ’ का निर्माता सुवास गिरीले ‘कृ-२’ मा पनि अनमोललाई लिने मनसाय बनाएको बुझिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।