- सरद राई,
नयाँ दिल्ली । बलिउड अभिनेता टाईगर श्रफको फिल्म ‘बागी २’ आज (मार्च ३०) बाट दर्शकमाझ रिलिजमा आईसकेको छ । यो फिल्ममा टाईगरको साथमा पहिलो पटक दिशा पटानीको नजर पनि आएको छ ।
यो फिल्मको पहिले रिलिज गरिएको ट्रेलरलाई पनि निकै मन पराईएको थियो । तर यो फिल्मको कहानी दर्शकहरुले कति मन पराँछन् त्यो चाँही हेर्न बाँकी नै छ । यो फिल्मको लागि अहिलेसम्म कुनै प्लान बनाईएको छैन, तर हामीले पाँच वटा पोइन्टमा बताउँदै छौं, किन टाईगर र दिशाको ‘बागी २’ लाई हेर्नुपर्छ ?
१. खतरनाक स्टन्टः
इो फिल्ममा अभिनेता टाईगरले खतरनाक स्टन्ट गरेका छन्, जुन फिल्मको ट्रेलरमा पनि देखाईएको छ । तपाईलाई यो पनि भनौं, अभिनेता टाईगरले आफ्नो फिल्मको खतरनाक स्टन्ट आफैले गर्छन् । यसको लागि टाईगरलाई कुनै स्टन्टम्यानको जरुरत पर्दैन ।
२. धमकेदार एक्शनः
अभिनेता टाईगरले आफ्नो सबै फिल्ममा एक्शन गर्दै आएको नजर देख्दै आएका छौं । र यो नै उनको युएसपी पनि हो । तर, ‘बागी २’मा उनले आफुलाई धेरै नै डेभेलप गरेका छन् । त्यसै कारण पनि यो फिल्ममा टाईगरको धमकेदार एक्शन रहेको छ ।
३.टाईगरको किलर लुक्सः
‘बागी २’मा अभिनेता टाईगरको नयाँ ट्राँस्फर्मेशन देख्न पाईनेछ । यो पटक फिल्ममा उनी पुर्ण रुपमा किलर लुक्समा देखिएका छन् । छोटो छोटो कपालमा उनी पुरै आर्मी लुकमा एक्शन हिरोका रुुपमा आएका छन् ।
४. टाईगर र दिशाको जोडीः
अभिनेता टाईगर पहिलो पटक आफ्नो गर्लफ्रेण्ड दिशा पटानीको साथमा आएका छन् । उनीहरु रिल जोडी मात्र नभएर रियल जोडी पनि हुन् । यो जोडी पहिलो पटक ठुलो पर्दामा सँगै स्क्रीन सेयर गरेका हुन् । पछिल्लो समय यो जोडी कैयौं पटक सँगैसँगै स्पटमा पनि पुगेका थिए त्यसैले यो जोडी निकै चर्चामा रहँदै आएका छन् ।
अभिनेत्री दिशाले फिल्म ‘एमएस धोनी’ बाट डेब्यु गरेकी थिईन् भने डेब्यु फिल्मबाटै उनले निकै चर्चा पाउन थालेका हुन् ।
५. मानिसमा क्रेजः
टाईगरको ‘बागी’ फिल्म हेर्ने दर्शकहरुले ‘बागी २’ हेर्नका लागि निकै लालयित छन् । सोसल मिडियामा आएको जानकारीनै यसको प्रमाण हो । साथै धेरै समय अघि देखि ‘बागी २’ले ट्वीटर मार्फत ट्वीट गरीरहेको छ ।
अब टाईगर र दिशाको रियल जोडीलाई रिल जोडीमा कतिको साथ दिन्छन । साथै टाईगरको नयाँ ट्रान्सफर्मेशनलाई दर्शकहरुले कतिको मन पराउँछन् त्यो चाँही हेर्न बाँकी नै छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।