काठमाडौं । सामान्यतय १२, १३ वर्षको उमेरदेखि किशोरीहरुमा महिनावरी सुरु हुन्छ । यो एउटा नेचुरल प्रोसेस हो । किशोरीहरुमा १२, १३ वर्षको उमेरदेखि सुरु हुने यो महिनावारीको विषयमा नेपालमा विभिन्न प्रकारका धारणाहरु छन् । जस्तै, महिनावारी भएको समयमा केटा मान्छेको मुख हेर्न नहुने, अलग्गै छाउगोठमा बस्नुपर्ने लगाएतका धारणाहरु रहीआएको छ ।
वास्तवमा भन्नुपर्दा यो एउटा गलत धारणा हो । यसै सन्दर्भमा मोडल नग्मा श्रेष्ठले आफ्नो पहिलो महिनावारीको बारेमा मुख खोलेकी छन् । नग्माले एक अन्त्रवार्तामा १३ वर्षको हुँदा आफ्नो पहिलो महिनावारी भएको खुलासा गरेकी छन् ।
उनले महिनावारी भएको समयमा आरम गर्नुपर्ने तर घरबाट बाहिर निस्कनु हुँदैन भन्ने कुरालाई खण्डन गरेकी छन् । महिनावारी भएको समयमा बाहिर निस्केर खुलेर रिफ्रेस हुनुपर्ने पनि उनको धारणा छ ।
आफ्नो पहिलो महिनावारीको कुरा गर्दै नग्माले भनिन्, ‘मेरो पहिलो महिनावारी हुँदा मेलै मेरो आमा बुबा सबैलाई भने । सबैले सामान्य रुपमै लिए । सानो उमेरमा स्कुलमै महिनावारी भएको समयमा मेरो आमा हतारमा स्कुल आउनुहुन्थ्यो र मलाई घर ल्याउनुहुन्थ्यो ।’
नेपालको पश्चिम क्षेत्रमा रहेको छाउपडी प्रथाको बारेमा बोल्दै उनले छाउपडी प्रथा अहिलेको समयमा आएर रोकिनुपर्ने बताएकी छन् । उनले महिनावारी भएको समयमा सबै महिलाहरुले विशेष ध्यान दिन आग्रह गरेकी छन् ।
उनले मानसिक तथा शारीरिकक रुपमा अस्वस्थ्य हुने भएकाले घरपरिवारका सदस्यले समेत ध्यान दिनुपर्नेमा उनको जोड छ । आफु विकिनी लगाएर क्याट वाक गर्दा महिनावारी भएको घटनासमेत उनले सम्झिईन् ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।