![](http://thenepalusa.com/wp-content/uploads/2018/06/e0a4a5e0a58de0a4b0e0a580-e0a487e0a4a1e0a4bfe0a4afe0a49fe0a58de0a4b8e0a495e0a58b-e0a4b8e0a4bfe0a495e0a58de0a4b5e0a587e0a4b2-e0a4ac.jpg)
एजेन्सी। ब्लकबस्टर बलिउड फिल्म थ्री इडियट्सको सिक्वेल बन्ने भएको छ । फिल्मले व्यवसायिकरुपमा सफलताको किर्तिमान राखेको थियो ।
थ्री इडियट्सकाे सिक्वेल भन्ने बित्तिकै अामिरका फ्यानहरू खुसी हुन्सक्छन् । तर, सिक्वेलमा आमिर नै हुनेछन् भन्ने पक्का भर्इसकेकाे छैन् । याे फिल्ममा काेकाे कलाकारहरू हुने भन्ने विषय अझै फाइनल भइसकेकाे छैन् ।
निर्देशक राजकुमार हिरानीले बल्ल फिल्मको स्क्रिप्टमा काम थालेका छन् भने उनलाइ अभिषेक जोशीले साथ दिइरहेका छन् ।
थ्री इडियट्स चर्चित लेखक चेतन भगतको उपन्यासमा आधारित रहेर बनेकाे थियाे । तर, यसको सिक्वेल भने मौलिक हुने निर्देशक हिरानीले जानकारी दिएका छन् ।
थ्री इडियट्सको सिक्वेलका लागि दर्शकहरुले केही समय भने प्रतिक्षा गर्नुपर्ने छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।