![](http://thenepalusa.com/wp-content/uploads/2018/06/e0a4aae0a58de0a4b0e0a4a6e0a4b0e0a58de0a4b6e0a4a8e0a495e0a58b-e0a4aae0a582e0a4b0e0a58de0a4b5-e0a4b8e0a4a8e0a58de0a4a7e0a58de0a4afe0a4be.jpg)
मुम्बई । भारतीय चर्चित अभिनेता सञ्जय दत्तको बायोपिकमा आधारित बहुप्रतिक्षित फिल्म ‘सञ्जु’माथि भारतीय सेन्सर बोर्डले कैंची लगाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार जुन २९ (शुक्रबार)बाट प्रदर्शन आउन लागेको फिल्मका केही दृश्यहरुलाई आपत्तीजनक भएको भन्दै उक्त फिल्मका केहि दृश्यहरुलाइृ हटाउन लागीएको हो ।
मूख्य भूमिकामा रणबीर कपुर रहेको उक्त फिल्मको ट्रेलरमा देखाइएको दृश्यमा सञ्जय दत्त जेलमा हुँदा रातीको समयमा ट्वाइलेट ओभरफ्लो भई ढल उनी भएछेउ आईपुग्दा उनी ढोका ढक्ढक्याएर बाहिर निस्कन खोज्छन तर उनलाई कसैले सहयोग नगरेको सीनलाई सेन्सर गरिएको हो। यो सीन हटाउन फिल्मका निर्माता पनि मन्जुर भएका हुन् ।
निर्देशक राजकुमार हिरानी रहेको सञ्जु (जुन २९) शुक्रबारबाट संसारभर प्रदर्शन हुँदैछ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।