![](http://thenepalusa.com/wp-content/uploads/2018/06/e0a4b8e0a4a4e0a58de0a4b0e0a581-e0a497e0a4a4e0a587-e0a4aee0a4be-e0a485e0a4ade0a4bfe0a4a8e0a4af-e0a497e0a4b0e0a587e0a4b0.jpg)
काठमाडाैँ। नायिका अाँचल शर्माकाे चलचित्र ‘ब्ल्याक’ प्रर्दशनकाे तयारीमा रहेकाे छ । काठमाडाैँमा हिजाे अायाेजना गरीएकाे चलचित्र ‘ब्ल्याक’को एक कार्यक्रममा आँचलले चलचित्र ‘सत्रु गते’ मा अभिनय गरेर अाफू खुसी नभएकाे वा पछुताएकाे घुमाउरो किसिमले इङ्गित गरेकी छिन् ।
अाँचलले उहिले कुनै नयाँ चलचित्र साइन गरेकी छैनन् । चलचित्र साइन नगर्नुबारे बाेल्दै उनले भनिन्-‘ अब म ठूलाे जमात भएकाे चलचित्रमा काम नगर्ने साेचमा छु । सत्रु गतेको सफलताको क्रेडिट मैलो सोलो रुपमा पाइन । म केही स्वार्थी बन्न खोजेकै हुँ ।’ उनले थपिन- ‘ अब अाफू सोलो नायिकाको अफर कुरिरहेको र त्यसमा अाफ्नाे काम देखियाेस अनि फाइदा अाफूले लिन सकुँ ।’
आँचलले ‘सत्रु गते’मा काम गरेर आफू पछुताएको कुरालाई सिधै स्विकार भने गरिनन् । उनले भनिन्-‘ र एउटा कलाकार भैसकेपछि हरेक किसिमको चलचित्रमा काम गर्नुपर्छ । पल शाहसँग मात्र गर्नुपर्छ भन्ने छैन् । म सबैसँग सहज छु ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।