काठमाडौं । कुनै समय एक्शन नायकको रुपमा परिचित नायक विराज भट्ट नेपाली सिनेमामा आफ्नो राम्रो क्रेज हुँदा हुँदै भोजपुरी सिनेमामा प्रवेश गरे । उनलाई त्यहाँ पनि राम्रो सफलता मिल्यो ।
केही वर्ष नेपाली सिनेमाबाट टाढा भएका विराजले नेपाली सिनेमालाई भने भुल्न सकेनन् । चलचित्र अग्निबाट चलचित्र क्षेत्रमा डेव्यु गरेका थिए भने उनको पछिल्लो नेपाली चलचित्र रोज राणाद्धारा निर्देशित ‘जय परशुराम’ हो ।
विराज अव पुन चलचित्र ‘साङ्लो’मार्फत यस क्षेत्रमा कमब्याक गदैछन् । चलचित्रका लागि अहिले नायिकाको खोजी पनि भैरहेको छ । एक्सन, प्रेम र पारिवारिक कथामा बन्ने ‘साङ्लो’का लागि ३ वटा गीत समेत तयार भइसकेको छ । त्यस्तै सिनेमाको संगीतको तयारी भने सकिईसकेको छ । सिनेमाका लागि राजनराज सिवाकोटी, सुरेश अधिकारी र विनोद खम्बुले ३ वटा गीत तयार पारिसकेका छन् । अहिले सिनेमाको कथामा काम भैरहेका कारण सिनेमा फ्लोरमा जान केही समय लाग्ने बताइएको छ ।
यस चलचित्रलाई विराज आफैले निर्देशन समेत गदैछन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।