काठमाडौँ । दाङमा जन्मिएका अभिनेता आकाश श्रेष्ठले सोमबार आफ्नो २५ औं जन्मदिन मनाउँदैछन् । चलचित्र क्षेत्रबाट पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल भएका आकाश पिता धुब्र श्रेष्ठ र माता रिता श्रेष्ठको कोखबाट जन्मिएका हुन् ।
एक इमानदार र भलादमी स्वभावको देखिने आकाश उनका आमा बाबाको मात्र नभई सिङ्गो नेपाल कै छोरा हुन् । कम तर चाहिने कुरा मात्र बोल्ने आकाश नारीलाई एकदमै सम्मान गर्ने उनी बताउँछन् । उक्त कुरा आमालाई र उनका केटी साथिहरुलाई गरेको ब्यवाहारबाट पनि प्रस्ट हुन्छ । उनी धेरै जसो केटिहरुको सपनाको राज कुमार (ड्रिम बोइ) भित्र पर्ने उनी संगै काम गरेकी ड्रिम गर्लका नायिका आशमा गिरी बताउछिन् । उनलाई फलो गर्ने पनि केटीहरु नै बढी देखिन्छ ।
चलचित्र ‘म त तिम्रै हुँ’बाट नेपाली चलचित्रमा प्रवेश गरेका आकाशले ‘तिमी सँग, ब्ल्याक, रामकहानी, ड्रिम गर्लु चलचित्रमा काम गरिसकेका छन् । उनको ड्रिम गर्ल चलचित्र भने मंसिर ७ गतेबाट रिलिज हुँदैछ । अब, उनी चलचित्र ‘विर विक्रम २’को लिड भूमिकामा देखिदैछन् ।
‘रामकाहानि’ चलचित्रबाट आकाशको फ्यान धेरै बढेको देखिन्छ । उक्त चलचित्रमा आकाशले नायिका पुजा शर्मसंग अभिनय गरेका थिए । आकाश र पूजाको जोडिलाई चलचित्रमा र चलचित्र भन्दा बाहिरा पनि अत्याधिक रुचाइएको छ । आकाश र पूजाको फ्यान उनीहरुलाई रिल जोडि मात्र नभई रियल जोडि बनाउनमा लागिपरेका छन् ।
आकाशलाई दर्शकले आकु भेना भन्ने गरेको उनले एक अन्र्तवार्तको क्रममा भनेका छन् । आज आकाशको जन्म दिनमा अाकाश ,पूजा र उनका केहि फ्यानहरूले अाकाशकाे जन्म दिन मनाएका छन् । अहिले सम्म पूजा र आकशबीचको साथि राम्रो रहेको देखिन्छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।