काठमाडाैं । केकी अधिकारी कलाकारीता क्षेत्रमा परिचित नाम बनिसकेको छ । मोड्लिङ हुदै चलचित्र स्वरबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी केकी अव चलचित्र निर्माता समेत बनिसकेकी छिन् । गएको वर्ष उनको अभिनय र निमार्णमा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ प्रर्दशनमा आएको थियो ।
चलचित्रबाट सकारात्मक प्रतिक्रिया पाएकी केकी अव पुन नयाँ चलचित्र ‘कन्याकुमारी’ निर्माण गर्ने भएकी छिन् । जुनकिरी आर्टस्बाट केकीले दोश्रो चलचित्र निर्माण गर्ने तयारी गरेकी हुन् । चलचित्र महिला केन्द्रित हुने भएपनि कलाकार र प्राविधिक भने तय भैसकेका छैनन् । फागुनको पहिलो साताबाट छायांकन आरम्भ गर्ने यस चलचित्रको स्क्रिप्ट र कास्ट पक्का गरेर चाडै सञ्चार माध्यमलाई औपचारिक जानकारी गराउने योजनामा छिन् केकी ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।