काठमाण्डौँ । सेलो गायक जंगबहादुर घिसिङ (सैलुङ्गे च्याङबा) को सुनकोशी घुम्दै आउँदामा बोलेको सेलो भाका युट्युवमा एक लाखले हेरेका छन् ।
मौलिक सेलो जुहारीलाई गीत मार्फत उतारेको उक्त भाका तामाङ संस्कार सस्कृतीकै सेरोफेरोमा रहेर गीत सिर्जना गरेकाले दर्शकले रुचाएको जनाएको छ । उनले गाँउघरमा चलन चल्तीमा रहेको मौलिक भाकालाई गीतमा प्रस्तुत गरेका थिए ।
जात्रा तथा मेलामा गाउदै आएका तामाङ मौलिक शब्दलाई गीतमा समाबेश गरिएको छ । उक्त गीतमा शब्द संगीत घिसिङकै छ भने स्वरमा इन्दिरा गोलेले साथ दिएकी छन् । गीतलाई सतर्क मिडियाले बजार व्यवस्थापन गरिएको छ भने आवाजनेपालले यूट्यूबमा सार्बजनिक गरेका थिए ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।