एजेन्सी, २६ कात्तिक । अभिनेत्री कंगना रनौतले गत आइतबारदेखि अश्विनी अय्यर तिवारीको फिल्म ‘पंगा’को सुटिङ सुरु गरेकी छन् । यस फिल्मको सेट मध्य प्रदेशको राजधानी भोपालमा लगाइएको छ, जहाँ २० दिनसम्म सो फिल्मको सुटिङ त्यहाँ गरिनेछ ।
यसै फिल्मको क्ल्यापबोर्डको तस्वीर सार्वजनिक गर्दै निर्देशक तिवारीले लेखेका छन्, ‘सीधा बाटोमा सपना र ‘पंगा’ ।’ तिवारीले ‘नील बट्टे सन्नाटा’ र ‘बरेलीकी बर्फी’ लगाएतका फिल्महरु निर्देशन गरिसकेका छन् ।
यता निर्देशक अश्विनी अय्यर तिवारीको साथमा अभिनेत्री कंगना रनौतको यो पहिलो फिल्म हो ।
कबड्डी खेलाडीमा आधारित हो ‘पंगा’
यो फिल्मको कहानी कबड्डी खेलको पेष्ठभूमीमा बन्दै छ । यसै कारण यो फिल्मको नाम ‘पंगा’ राखिएको बताइएको छ । यो फिल्मको कहानी उत्तरी भारतको इर्द गिर्दको माहोलमा घुम्नेछ ।
कबड्डी खेलमा आधारित तिवारीको यस फिल्ममा अभिनेत्री कंगना रनौत मुख्य भुमिकामा देखिदै छन् । फिल्ममा कंगनाका साथै ऋचा चड्डा, नीना गुप्ता, पंकज त्रिपाठी र जस्सी गिल लगाएतको मुख्य भुमिका रहनेछ ।
फिल्मको लागि कंगनाले लिइन् ट्रेनिङ !
सुन्नमा आए अनुसार अभिनेत्री कंगना रनौतले यसै फिल्मको लागि ‘कबड्डी’ खेलको लागि करिब १५ दिने एक वर्कसप सकेकी छन् । यसै फिल्मको लागि कंगनाले आफ्नो वजन समेत बढाएकी छन् ।
कंगनाले यो फिल्ममा एक सिंगल युवतीदेखि विवाहित महिलासम्मको भुमिकामा देखिनेछन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।