काठमाडाैं। नेपाली मुलकी चर्चित बलिउड अभिनेत्री मनिषा काेइरालाकाे अात्मकथा ‘हिल्ड’ नामक पुस्तक सार्वजनिक भएकाे छ ।
उनले किताबकाे मुख्य पृष्ठकासाथ ट्वीट गर्दै पुस्तक शनिबार सार्वजनिक गरेकी हुन् । काेइरालाले क्यान्सरकाे लडार्इमा केन्द्रित भएर उक्त पुस्तक सार्वजनिक गरेकी हुन् ।
क्यान्सरबाट बचेर जीवनलाई फेरि जिउनु एक सबक हो भनी उनले ट्वीट गरेकी छिन् । उनकाे किताबकाे उपशीर्षक ‘क्यान्सरले मलाई नयाँ जिन्दगी दियो ।’ भन्ने रहेकाे छ ।
उनी ७ वर्ष अगाडी क्यान्सरबाट पिडीत भएकी थिइन् । अमेरीकामा लामाे उपचारपश्चात उनी क्यान्सरमुक्त भएकी थिइन् ।
उनले पछिल्लो समय बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जू’ मा काम गरेकी थिइन् । उनले बलिउडमा कयौं सुपरहिट फिल्म दिएकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।