काठमाडौँ । प्रतिभा चौधरी र बखत बिष्टको जोडि अहिले सामाजिक संजालमा निकै भाइरल बनेका छन् । उनीहरुले ‘मेरी बास्सै’को नयाँ एपिसोडमा अभिनय गरेका छन् ।
मेरी बास्सैका निर्देशक एवं कलाकार बल्छी धुर्वे र राजु मास्टरले ‘भाइरल जोडि’ लाई अभिनय गर्ने अवसर दिएका हुन् । भाइरल जोडिसँगै मरिचमान श्रेष्ठ बल्छी धुर्वे, राजु मास्टर, लेखान्त भुषाल, शाहिल वलि, सुरविर पण्डित लगायतले पनि अभिनय गरेका छन् ।
यसअघि ‘भाइरल ब्वाई’ अशोक दर्जीलाई लिएर पनि ‘मेरी बास्सै’मा एउटा पुरै एपिसोड सुट गरिएको थियो । त्यस्तै ‘भद्रगोल’ले पनि झक्कड थापा र नरेश पातलीलाई लिएर अभिनय गराएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।