काठमाडौं, २८ कात्तिक । गायिका संगिता राना प्रधानको नयाँ गीत सार्वजनिक भएको छ । गायिका प्रधानको आधुनिक ‘प्रतिबिम्ब तिम्रो’ गीतको भिडियो सार्वजनिक भएको हो । मीरा गजुरेलको शब्द तथा हरि लम्सालको संगीत र एरेञ्जमा गायिका राना प्रधानले ‘प्रतिबिम्ब तिम्रो’ सार्वजनिक गरेकी हुन् ।
गीतको भिडियोमा विणु शाक्य र विशाल थापाले फिचरिङ गरेका छन् । राज महर्जनको कोरियोग्राफी रहेरको छ, भने भिडियोलाई सुवास प्रधानले निर्देशन गरेका हुन् । भिडियोलाई राम कुमार केसीले छायाङकन गरेका छन्, भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । गायिका राना प्रधानको ‘प्रतिबिम्ब तिम्रो’लाई मीरा गजुरेलले निर्माण गरेकी हुन् ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।