काठमाडौं, ३० कात्तिक । केही वर्ष अघिदेखि नै नेपाली फिल्म उद्योगमा पनि फिल्म रिलिज अगावै पब्लिसिटीको रुपमा गीत, ट्रेलर, टिजरहरु रिलिज गर्ने प्रचलनमा आएको छ । यसै सन्दर्भमा आगामी माघ १८ बाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘सय कडा दश’को नयाँ गीत रिलिज गरिएको छ ।
फिल्ममा समावेश गायिका तृशाला गुरुङ र सन्देश पाठकको आवाजमा रहेको ‘दाइलाई कुरा लाइदिने’ गीतको भिडियो सार्वजनिक गरिएको हो । राम शरण पाठकको शब्द तथा कल्यान सिंहले संगीत भरेका ‘दाइलाई कुरा लाइदिने’ गीतको भिडियोमा दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ ।
फिल्ममा राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुङ्गाना, करुण श्रेष्ठ, उत्सब न्यौपाने, सोनिया राई, अमित पोख्रेल, रवी ढंगोल, रश्मी भट्ट लगाएत कलाकारहरुको मुख्य भुमिका रहनेछ । फिल्मलाई रज्जु प्रधान, उत्तम खत्री, डि.बि. उपाध्यय र संजीव न्यौपानेले निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्माताको रुपमा राजाराम पौडेल रहरेका छन् । फिल्मलाई राम शरण पाठकले लेखन र निर्देन गरेका हुन् ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।