काठमाडौं। गायिका योजना पुरीले मंसिर १ को अवसरमा औंठी खोसेछ सार्वजनिक गरेकी छन् । शनिबार गायिका योजना पुरीको गीति एल्बम “योजना”को दास्रो गीत ए‘औठी खसेछ “बोलको गीत सार्वजनिक गरेको हो ।
पूर्वका गीतकार तथा संगीतकार बिशाल राईको शब्द, संगीतमा रहेको पुरानो पुर्बेली लोकभाकालार्इ गायिका योजना पुरीले नयाँपनमा गाएकी छिन्।उदयराज पौडेलको संगीत संमयोजन र मिक्सीङ माष्टरिङ महेश्वर मान राजभन्डारीको रहेको छ । भिडियोलार्इपनि असाध्यै सरल र हेर्न मन लाग्ने गरि भद्रगोलका काकु भनेर चर्चामा आएका दिपक आर्चयले निर्देशन गरेका हुन् भने हास्यकलाकार सितेबा र चन्द्रमुखीले अभिनय गरेका छन ।
मुख्य भुमिकामा चर्चित मोडल करिश्मा ढकाल र अहिलेका जल्दाबल्दा मोडल बिकाश लामीछाने छन् । सुमनसागर जङ्ग केसीको कोरियोग्राफी रहेको गीतमा फर्फिङमा सुटिङ गरिएको हो ।गीतको म्युजिक भिडियोलाई रुरेश राउतले सम्पादन गरेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।