काठमाडौँ । नेपाल आइडल सिजन २ का प्रतिस्पर्धी क्रिसल कंडेल टप ८ बाट बाहिरिएका छन् । स्वरको धनि उनलाई दर्शकले पनि निकै रुचाइएका थिए ।
धादिङ घर भइ हाल काठमाडौमा बस्दै आएका कंडेल इंजीनियरिंग विष्य लिएर पढिरहेका छन् । उनी शुक्रबार साँझको नेपाल आइडलको एलिमिनेशन राउन्डमा सबैभन्दा कम भोट पाएपछि बाहिरिएका हुन् । १८ वर्षिय उनी आफ्नो पढाइ र गीतलाई सन्तुलन गर्दै अगाडि बढीरहेका छन् । सुरुवातको समयमा परिवारबाट टाढा हुनु पर्दा धेरै पिडा भएको महसु गरे पनी पछिल्लो समय बिस्तारै सोमा रमाएको कडेल बताउँछन् । उनी नेपाल आइडलका सबै भन्दा कान्छो प्रतिसपर्धीमा पर्छ जस कारणले गर्दा पनि उनलाई सबैलाई अति माया गरेकाे देखिन्छ । क्रिसलले नेपाल आइडलका सबै जर्जहरुले उत्तिकै माया र सर्पोट गरेका बताए ।
सानै उमेर देखि गीत प्रती रुचि रहेको बताउँदै यहाँसम्म आउन दाइबाट प्रेरणा पाएको कडेल बताउँछन् । उनको फ्यान एकदमै बढेका छन् । फ्यान पनि बढी केटीहरु नै रहेका छन् । कतिले त उनलाई प्रेम प्रस्ताव राखेको र उक्त प्रस्तावलाई दर्शकको मायाँको रुपमा लिएको कडेलले बताए । अब उनी एउटा एल्वम निकाल्ने योजनामा छन् । सुविन सिँह अघिल्लो हप्ता नेपाल आइडलबाट बाहिरिएका थिए । अब भने गाला राउण्डमा ७ जना प्रतिस्पर्धी बाँकी छन् ।
क्रिससल शुन्दर अनुहारका भएकोले मिडियाले नायक बन्न चाहि रुचि छ कि छैन भन्ने प्रश्न गर्दा रुचि रहेको बताउँछन् । यदि फिल्मको अफर आएमा उनलाई गायक मात्र नभइ नाएकको रुपमा पनि देखिने छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।