‘मैले यस्तो नाङ्गो पुरुष देखेको छु जस्ले गर्दा मलाई कपडा लगाएको पुरुष देख्दा पनि घृणा लागेर आउछ ’ सन १९७० मा रिलिज भएको भारतीय चलचित्र ‘चेतना’मा कम उमेरकी एक यौनकर्मी युवतीले उनको ग्राहकसंग बोलेको संवाद हो यो ।
कम उमेरको ती यौनकर्मीको भूमिका रेहाना सुल्तानले निभाएकी थिइन । त्यतिखेर उनी मात्र २० बर्षकी थिइन र भर्खरै मात्र पूणे फिल्म इन्स्टिच्युटबाट पास भएर आएकी थिइन् । चलचित्रको यो दृश्यमा उनी ओछयानमा रातो साडी लगाएर ढल्किरहेकी हुन्छिन र उनको हातमा एक ह्विस्कीको वोतल हुन्छ । उनी त्यतिखेर लाज मानिरहेका पुरुषलाई ओछयाउनमा आउन उकासिरहेकी हुन्छिन ।
सुल्तान जब ओछयानबाट उठछिन त उनको कपडा भुईमा झर्छ । हेयरड्रेसरले उनलाई निकै ठूलो ‘विग’ लगाइदिएका हुन्छन । त्यसैले उनको शरीरको माथिल्लो भाग लामो कपालले ढाक्छ ।
त्यसपछि क्यामराले उनको टांगलाई अग्रेजीके ‘बी’ अक्षरको आकारमा देखाउछ । यो दृश्यसहितको फिल्म पोष्टरले धेरै बर्ष सम्म मुम्बईको फिल्म नगरीमा चर्चा पायो । यो कुरो हो सन् १९७० को रेहाना सुल्तानको सेक्सी छविको कारण उनको प्रतिभाको भने सही मूल्यांकन हुन सकेन ।
यौन क्रान्ति
त्यस समय बलिउड नाँच गानको लागि चिनिने गथ्र्यो । फिल्म निर्देशक श्याम बेनेगलका अनुसार नायिकाहरु ‘पवित्र र कुमारी’ हुने आशा गर्ने गरिन्थ्यो ।
‘चेतना’ यौनकर्मीहरुको पुर्नवासमा आधारित चलचित्र थियो । यस्का निर्देशक बाबुराम इशाराले यही चलचित्रको मार्फत समग्र भारतलाई झक्झक्याउन सफल भए ।
एक चलचित्र आलोचकले लेखेका थिए ‘रेहना सुल्तानले उच्च बर्गको लुकीछिपी वेश्यावृति गर्ने महिलाको शानदार भूमिका निभाएर सबैलाई आश्चर्यमा पारेकी थिइन’।
उनी ति अभिनेतृहरुमा अगुवा थिइन,जस्ले दमदार महिला र यौन क्रान्तिको छवि निर्माण गर्न सफल भइन ।
अर्का दोस्रा आलोचकले भने ‘ सुल्तानले फोहोर भाषा बोलने एक कर्लगर्लको भूमिका स्वीकार गरेर मुम्बई फिल्म उद्योगको सबै परम्परालाई तोडेकी थिइन ।’
रेहानाको ‘दस्तक’
केही समयपछि मानिसहरुले यो चलचित्रलाई भुले । तर इलाहावादमा इलेक्ट्रोनिक्सको सामान बेच्ने एक साधारण मानिसले ती युवतीलाई भूल्न सकेनन् जस्ले वलिउडमा ‘नयाँ र बोल्ड’ काम गरेकी थिइन । सन् १९७० कै अन्त्यमा रेहाना सुल्तानको अर्को एक चलचित्र सिनेमा घरमा पुग्यो । त्यो चलचित्र ‘दस्तक’को निर्देशक उर्दू लेखक राजिन्दर सिंह बेदी थिए ।
यो फिल्मको कहानी एक यस्तो नवविवाहित जोडीको हो । जो अन्जानमा मुम्बईको एक वेश्यालयमा एक यस्तो फ्ल्याट भाडामा लिन्छन , जहाँ पहिलेदेखि नै एक नर्तकी युवती वस्दै आएको थिइन ।
रेहाना सुल्तानले उस्को श्रीमतिको भूमिका निभाएकी थिइन । जो फ्ल्याटमा एक्लै रहन्थिन र उस्का पति आफ्नो कामले बाहिर जाने गर्दथे ।
ति नर्तकी युवतीको पूर्व ग्राहक कहिले कहिले कुनै पनि समय उनको फ्लाटको ढोका ढक्ढक्याउने गर्दथे । यो चलचित्रको पोष्टरमा रेहाना सुल्तानलाई ओछ्यानमा नांगै सुतिरहेको देखाइएको छ । तर सत्य यो थियो कि यो चलचित्र कामुक भने विलकुलै थिएन । तर सुल्तानको छवि भने त्यतिखेर चम्किसकेको थियो एउटी कामुक युवतीकोरुपमा ।
‘मौलिक सुपर स्टार’
सुरुमा सुल्तानलाई मायानगरीमा एक पछि अर्को गर्दै सफलता मिल्यो र उनलाई लिन जोकोही निर्देशकहरु आतुर बन्न थाले । चलचित्रका समीक्षकहरुले उनलाई ‘मौलिक सपुर स्टार’को संज्ञा दिन थाले । उनको भुमिकालाई लिएर निर्देशक सत्यजित रे पनि ठूलो प्रशंसक बनेका थिए ।
‘सर्वश्रेष्ठ अभिनेतृ पुरस्कार’
रेहानालाई दस्तक चलचित्रमा गरेको अभिनयले राष्ट्रिय पुरस्कार दिइएको थियो । यो चलचित्र सुटिङ पहिले नै भएपनि चेतना पछि मात्र रिलिज भएको थियो । तर चर्चा भने उनको ‘हट सिन’लाई लिएर भइ नै रहयो ।
चलचित्र समीक्षक फिरोज रंगुनवाला लेख्छन् ‘त्यो दृश्यबाट यो प्रष्ट हुन्छ कि भारतीय चलचित्र अन्ततः विशाल भइसक्यो ।’ रेहाना सुल्तानलाई त्यसपछि बोल्ड दृश्यका लागि प्रस्तावको बाढी नै आउन थाल्यो । उनीसंग चलचित्र निर्माता र निर्देशकहरु ‘पानीमा भिजेको दृश्य’हरु गरिदिनु पर्यो भन्दै पुग्ने गर्दथे ।
सन् १९८४ मा विवाह
रेहाना सुल्तानले धेरै जस्तो चलचित्र अस्वीकार गरिदिन्थिन । त्यसपछि एक दशकसम्म उनले यस्तो भूमिका गरिन जस्को कुनै चर्चा हुन सकेन । त्यसपछि सन् १९८४ मा विवाह गरेर उनी विस्तारै विस्तारै चलचित्र जगतबाट पलायन भइन ।
रेहाना भन्छिन, “म त्यसपछि अदृश्य झै भएर रहे । दर्शक मलाई यौनको दोस्रो नाम नै सम्झन थाले, मलाई निर्देशकहरु पनि नराम्रो दृश्यहरुमा मात्र प्रयोग खोजे जस्ले मलाई चलचित्र प्रति नकारात्मक भावना पैदा भयो ।’’
अहिले ६७ बर्षमा हिडिरहेकी सुल्तान भन्छिन ‘मैले पनि गलत कामहरु गरे , मैले गलत चलचित्र पनि चुनेको थिए, त्यसैले मानिस अर्थात दर्शकहरुले मलाई त्यही छोडिदिए, उनीहरु मेरो स्वागत अझै पनि गर्न सक्दथे । ’
किन विर्सियो रेहानालाई ?
पाँच बर्ष अघि एउटा चलचित्रमा सुल्तानलाई छोटो भुमिका दिएका सुधीर मिश्र भन्छन‘उनी धेरै मामिलामा अग्रणी थिइन, उनी व्यवसायिकरुपमा प्रशिक्षित अभिनेतृ थिइन् , उनी समय भन्दा धेरै अघि बढिसकेकी महिला हुन । ’
उनी अगाडि भन्छन ‘ यो पक्ष दुःखद बनेको छ कि उनलाई सबैले विर्सिदिए , उनलाई भुल्नु भनेको भारतीय फिल्मको इतिहास मेटाउनु हो ।’
बीबीसी हिन्दीबाट
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।