बलिउड अभिनेता अमिताभ बच्चनले आफुले सयौं किसानको ऋण चुक्ता गरेको बताएका छन् ।ऋण बापत अमिताभले चुक्ता गरेको रकम करिव चार करोड भन्दा बढी भएको पनि उनले खुलाएका छन् ।मंगलवार अमिताभले आफ्नो ब्लगमा लेखेका छन् कि उनले हालसम्म उत्तर प्रदेशका १ हजार ३ सय ९८ जना किसानको सरकारी बैंकको ऋण तिरिदिएका छन् ।
उनले ऋण रकम बैंक अफ इण्डियाबाट एकमुष्ट रुपमा तिरिदिएको ब्लगमा लेखिएको छ । बैंकले ऋण चुक्ताको कागजपत्र अमिताभलाई दिएको छ जुन उनले किसानहरुलाई हस्तान्तरण गर्दैछन् ।
बैंकबाट दिइने किसानहरुको ऋण चुक्ता भएको कागजपत्र अमिताभ आफ्नै हातले उनीहरुलाई बुझाउन चाहन्छन् जसका लागि उनले सबै किसानहरुलाई मुम्बई ल्याउन रेलको डिब्बा नै रिजर्भ गरिदिएका छन् ।अमिताभले किसानहरुलाई २६ नोभेम्बरमा बैंकको कागजपत्र हस्तान्तरण गर्दै छन् ।
भारतमा ऋण तिर्न नसकेका कारण बर्षेनी किसानहरुको आत्महत्या दर बढेसँगै पछिल्लो समय अभिनेता अमिताभले किसानहरुको यो समस्यालाई आफ्नो जिम्मेवारीका रुपमा लिंदै तिरिदिदै अाएका छन् ।
यसै वर्ष मात्रै अमिताभले महाराष्ट्रका ३५० किसानहरुको पनि ऋण चुक्ता गरिदिएका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।