काठमाडों । मोफसलमा रहेर सक्रिय पत्रकारिता गर्दै आएकी कमला अधिकारीले अभिनय क्षेत्रमा पनि पाइला अघि बढाएकी छन् । उनी अभिनित म्युजिक भिडियो ‘बर्खे भेल झै’ सार्वजनिक भएसँगै उनको अभिनय यात्रा अघि बढेको छ । नुवाकोट एफएममा कार्यरत कमलाद्वारा अभिनित म्युजिक भिडियोलाई बुढासुब्बा डिजिटल प्रालिले सार्वजनिक गरेको हो ।
चर्चित गायिका काव्य आचार्यको स्वरमा सजिएको गीतमा रमेश श्रेष्ठको लय भरिएको छ । गीतको शब्द सिर्जना र म्युजिक भिडियोको निर्देशक पनि श्रेष्ठले नै गरेका हुन् । कुशल सञ्चारकर्मी कमलाले अभिनय गरेको म्युजिक भिडियो क्रमशः लोकप्रिय हुँदैछ ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।