हिमाल सागर नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो । वि.स २०५९सालमा झापाको बनियानीबाट संगीतमा भविष्य खोज्दै काठमाडौ प्रवेश गरेका थिए । वि.स २०६० सालमा एल्वम रिलेशन निकाल्दै सांगीतिक क्षेत्रमा उदाए । करिव १५ वर्ष देखि सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय हिमालले न मैले लेखे , मेरो माया मारेपछि , मेरो मनमा आगो लाउनेलाई , ‘चोलिको तुनामा’ लगायत दर्जनौ हिट गितहरु सांगीतिक क्षेत्रमा दिइसकेका छन् ।
पछिल्लो समय उनको आवाजमा ‘बाजा’ बोलको गीत सार्वजनिक भएको छ । सामाजिक सञ्जाल यूट्यूवबाट सार्वजनिक यस गीतले यतिबेला दर्शक–स्रोताबाट राम्रो प्रतिक्रिया समेत पाइरहेको छ । यसै गित र उनको सांगितिक जीवनको बारेमा हामीले कार्यक्रम फन टकमा कुरा गरेका छौ । हेर्नुहोस उनीसँग गरिएको फन टक –
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।