काठमाडाै । खसिनी भिडियो बनाएर एकाएक चर्चामा आएकी आशिका तामाङ कुनै बेलाकी अभिनेत्री हुन् ।उनी निर्माता भएर बनाएकी फिल्म ‘सुश्री’मा उनको अभिनय देख्न सकिन्छ । २ बर्ष अगाडि १ करोड लगानी लगाएर निर्माण गरेकी उक्त फिल्म फ्लप भएपछि एकाएक उनी फिल्मी क्षेत्रबाट हराएकी थिइन् ।
पछिल्लो समय जर्मनीमा बस्दै आएकी आशिकाले दशैंको मुखमा एउटा टिकटक भिडियो सार्बजनीक गरिन् जसबाट उनी रातारात भाइरल भइन् । उनले भिडियोमा रुँदै भनेकी छिन मासु खानुहोस, तर खसीखसिनी नमार्नुहोला,’ ‘मारे पनि घरवारबिहिनलाई मात्र मार्नुहोला ।’उक्त भिडियोमा उनी अस्वभाविकरुपमा भावुक बनेकी थिइन् जसलाइ धेरैले नाटक भन्दै प्रतिक्रिया दिएका थिए ।
हालै जर्मनीबाट लगभग २ वर्षको बसाईका लागि नेपाल आएकी उनी २ घण्टाको फिल्मले नचिनाएको आफूलाई २ मिनेटको भिडियोले सबैमाझ चिनाएको बताउँछिन् ।आशिका यतिखेर पुनः फिल्म निर्माण गर्ने सोचमा छिन् त्यसैले उनी भन्छिन् ‘पहिला सोच बिचार नगरी फिल्म बनाएँ लगानी डुब्यो अब सोच बिचार गरेर हिट फिल्म बनाएरै छाड्छु ‘।बिगतमा फिल्मबाट लगानी डुबाएर पाठ सिकेको र अब भने हिट फिल्मको लिस्टमा आफ्नो फिल्म पर्ने गरी अग्रजको सल्लाह अनुसार समय लिएर फिल्म बनाउने बताउँछिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।