काठमाडाैं । नेपाल आइडलबाट बाहिरिएकी नीलिमा थापा मगरले फेसबुकमा धेरै ‘फ्रेण्ड रिक्वेस्ट’ अाउँदा राेएकी बताएकी छन् । ‘गोल्डेन माइक’ विजेता समेत भएकी नीलिमाले अाइडलबाट बाहिरिएपछि एक अन्तर्वर्तामा पहिलो अडिसनपछि फेसबुकमा धेरै ‘फ्रेण्ड रिक्वेस्ट’ अाउँदा आत्तिएर रोएकी बताएकी हुन् ।
उनले आफू साधरण केटी भएकी पनि बताइन् । ‘मलाई पहिले मेरो छिमेकीहरूले पनि चिन्नु हुन्न थियो । छिमेकीहरूसँग पनि म खासै बोल्दिन थिए । जब नेपाल आइडलमा आए त्यहाँबाट जीवन एक्कासि परिवर्तन भयो । पहिलो अडिसन हेरीसेकपछि फेसबुकमा ‘फ्रेण्ड रिक्वेस्ट’ आयो, त्यो बेला म रोएकी थिएँ ।’ उनले भनिन्, ‘म अब यीनीहरुसँग कसरी बोल्नु भनेर आत्तिएर रोएकी थिएँ । अहिले चाहिँ उहाँहरूको त्यो माया पाउँदा गर्भ महशुस गर्छु ।’
अाफ्नाे स्वस्थ्यास्थितिकै कारणले गर्दा बाहिरिनु परेको उनले बताइन् । ‘शुरुमा गोल्डेन माइक जिते पनि बिच-बिचमा आफ्नो स्वस्थकै कारण त्यो अनुसारको गाउन सकिनँ ।’ उनले भनिन्, ‘कति पटक आफ्नो स्वस्थयकै कारणले गर्दा राम्रोसँग तयारी गर्ने सकिन ।, त्यसैले राम्रोसँग गउँन सकिनँ ।
उनले आफ्नो फ्यान, आफन्त र गुरुहरूको आशालाई पुरा गर्न नसकेको समेत बताइन् । ‘मेराे फ्यान, आफन्त र गुरुहरूको आशालाई पुरा गर्न सकिन तर उहाँहरूको साथ सहयोग यसरी नै पाइरहे भने त्याे अाशालार्इ पूरा गरेरै छाड्छु ।’ उनले भनिन्, ‘नेपाल आइडलमा मात्रै हो मेरो यात्रा सकिएको, गीत सङ्गीतको यात्रा त अब शुरु हुँदै छ । मबाट जसले राम्रो गायीकाको आशा राख्नु भएको छ नि म त्यो चाहिँ भएरै छाड्छु । उनले आइडलले आफूलाई विशेष प्रकारको नाम र पहिचान दिएकोमा कार्यक्रमको खुलेर प्रशंसा गरेकी छिन्।
उनले दर्शकहरूको माया पाएर ‘टप सेभेन’सम्म पुगेकोमा खुसी भएको बताइन् । उनले भनिन् ‘टप सेभेनसम्ममा आएर बहिरीदा चाहिँ हारेर बाहिरिएको जस्तो लाग्दैन । विजयी भएर नै बाहिरिए जस्तो लाग्छ।’ पोखरा अडिसनबाट छनाेट भएकी नीलिमा बाहिरिएकी नीलिमा गत शुत्रबार अाइडलबाट बाहिरिएकी थिइन् । आइडलबाट बाहिदा सधैंभरि गायनलाई नै साथी बनाउनले बताएकी थिइन् । नीलिमा अघिल्लो हप्तादेखि केही अस्वस्थ देखिएकी थिइन्।
भिडियाेमा हेर्नुहाेस्
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।