काठमाडौं, ११ मंसिर । गायिका यशोदा खालिङको नयाँ गीत सार्वजनिक भएको छ । गायिका खालिङको गीति एल्बम ‘यशोदा २’मा समावेश गरिएको ‘आउँछौं तिमी’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनिक भएको हो ।
आर्जु विष्ट सल्यानीको शब्द तथा पविधन खालिङको संगीतमा यो गीतलाई राजन इशानले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा ममता राई र रमेश सुनुवारले फिचरिङ गरेका छन् ।
रमेश सुनुवारको कोरियोग्राफी र निर्देशनमा बनेको ‘आउँछौं तिमी’ गीतको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।