भारतीय कमेडियन कपिल शर्माकाे बिहे हुने पक्का भएकाे छ । उनले ‘तपाईंहरुको आशिर्वाद चाहिन्छ’ भन्दै अाफ्नाे बिहेकाे कार्ड ट्वीट गरेका छन् ।
कपिल अाफ्नी निकै अघिदेखिकी प्रेमिका गिन्नी चतरथसंग बिवाह बन्धनमा बाँधिदै छन् । कपिलका अनुसार उनले गिन्नीलाई सन् २००५ मा भेटेका थिए।
गिन्नीले इन्स्टाग्राममा कपिलले अाफ्नाे निकै नै केयर गर्ने र अाफ्नाे लागि उनीजस्ताे अरू काेहि पनि नभएकाे बताएकी छिन् । उनीहरुको विवाह डिसेम्बर १२ तारिखमा हुने बताइएको छ ।
Need ur blessings 😊🙏 pic.twitter.com/3jYYjlw8g7
— KAPIL (@KapilSharmaK9) November 27, 2018
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।