एजेन्सी, १३ मंसिर । अभिनेत्री रेखाको सुन्दरताको चर्चा अझैंपनि उत्तिकै छ । कुनै जमानामा रेखाको बलिउडमा अभिनय र सुन्दरताको चर्चा जति गरिन्थ्यो, अहिले पनि उत्तिकै गर्ने गरिन्छ ।
कयौं सुपरहिट फिल्म दिइसकेकी रेखाले आफू स्वस्थ्य र सुन्दर रहनका लागि मुख्यतय खानपानमै ध्यान दिने गरेकी छन् । जसको कारण अझैं पनि रेखाको सुन्दरताको चर्चा उत्तिकै हुने गर्दछ ।
आफ्नो जीवनमा शुद्ध शाकाहारी रहेकी रेखा मसलाहरुको गुणहरुमाथि निकै भरोसा गर्छिन् । रेखाले फलफूलमा अनार, ब्लु बेरी र नट्समा पिस्ता, ओखर मन पराउँछिन् त साग सब्जीमा ब्रोकाउली, एभोगाडो लगाएत मन पराउँछिन् । आफ्नो सुन्दरता र स्किनको लागि रेखाले खानपानमा मुख्य ध्यान दिदै आएकी छन् ।
अभिनेत्री रेखाका अनुसार बोइल सब्जी, दही, रोटी र सलादनै उनको सुन्दरताको राज हो । यी खाने कुरामा सबै हेल्थि चिज पाइन्छ । रेखाले सुन्दर र स्वस्थ्य रहनका लागि दैनिक भरपूर पानी, लिक्विड डाइट र दही खानामा सामेल गर्दै आएकी छन् ।
मिडिया रिपोर्टका अनुसार अभिनेत्री रेखाले बेलुकी साँझ ७ः३० बजेभित्र आफ्नो डिनर गरिसकेकी हुन्छिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।