काठमाडौं । नेपाली रंगमञ्चमा नाट्य मेला, उत्सवहरुको अभाव भइरहदा पनि राज्यस्तरबाट पहल नभएका कारण देशभरका रंगकर्मी जुटेका छन् । अव नेपालमा सक्रिय आठ नाट्य समूहहरुको सहकार्यमा नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५को आयोजना हुने भएको छ । यस ऐतिहासिक महोत्सवको आयोजनाका लागि मण्डला थिएटर नेपालसहित काठमाडौका अन्य सक्रिय नाट्यसंस्था शिल्पी थिएटर, सर्वनाम थिएटर, कथा घेरा, थिएटर मल, एक्टर्स स्टुडियो, वन वल्र्ड थिएटर र थिएटर भिलेज सहकार्य गदैछन् ।
आयोजक सम्पूर्ण संस्थाहरु नेपाली रंगमञ्चमा लामो समयदेखि रंगशिल्पको अभ्यास गरिरहेका छन् । आठ दिवसीय य महोत्सव अन्तर्गत काठमाडौँका पाँच नाटकघरहरुमा फागुन १३ देखि २० गतेसम्म करिब ३० वटा स्वादेशी तथा विदेशी नाटक मञ्चन गरिनेछन् । महोत्सवमा नाट्य मञ्चनका अत्तिरिक्त विविध सांस्कृतिक झाँकीहरु, नयाँदेखि पुराना नाटकका फोटो प्रदर्शनी , दैनिक अन्र्तक्रिया, कविताबाचन, चित्रकला प्रर्दशनी , रंगकर्मीहरुलाई सम्मान तथा पुरुस्कार वितरण लगायतका कार्यक्रमहरु हुने आयोजक टिमले बताएको छ ।
‘सामाजिक रुपान्तरणका लागि कलात्मक यात्रा’ मुलमान्त्रसहितको यस महोत्सवले सामाजिक समानता र सद्भावलाई बढावा दिनुका साथै रंगमञ्चको माध्यमबाट सामाजिक विषयहरुमा काम गर्न र अन्तराष्ट्रिय स्तरमा सांस्कृतिक आदनप्रदान गर्न कलाकारहरुलाई प्रेरित गर्नेछ । स्थानीय स्तरमा काम गरिरहेका कलाकर्मीलाई उत्प्रेण र सहयोगको वतावरण बनाउन स्थानीय निकायहरुसँग समन्वय गरी सम्रग रंगमञ्च र अन्य प्रदेशहरुमा समेत नाट्य संस्कृतिको विकास गर्नुलाई यस महोत्सवको उद्येश्य रहेको छ ।
आयोजकमध्ये काठमाडौभित्र पाँच संस्थाहरुले कलाकारहरुको श्रम तथा लगानीमा नाटकघरको निर्माण गरेर विगत दशवर्ष नियमित नाटक मञ्चन गरिरहेका छन् । नाटकघर नभएका अन्य तीन संस्थाहरु पनि लामो रंगमञ्चीय अभ्यासका कारण देश विदेशमा परिचित छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।