काठमाडौं । गीतकार तथा मोडल दर्पण राईले ‘तिमीले बाटो फेर्यो अरे-२’ बजारमा ल्याएका छन् । ‘तिमीले बाटो फेर्यो अरे’को अपार सफलतापछि ‘तिमीले बाटो फेर्यो अरे-२’ ल्याएका हुन् ।
गायिका मेलिना राईको स्वरमा रहेको ‘तिम्ले बाटो फेर्यौ अरे’ एकदमै हिट गीत मानिन्छ। यस गीतमा पनि मेलिना राईले स्वर दिएकी छिन्। दर्पणको शब्दमा रहेको उक्त गीतमा ने ‘पहिलो नेपाल आइडल’ विक्रम राईले गीतमा सङ्गीत भरेका छन् । रिकेश गुरुङको ऐरेन्जर रहेको उक्त गीतलाई राजेश स्थलै रेकर्डिङ गरेका छन् । ए–वान मुजिसियन स्टुडियोमा उक्त गीतको सिरिज ‘तिमीले खाएको कसम साँचो भएको भए’ बोलको गीत रेकर्ड गरिएको हो ।
भिडियो:[embedded content]
‘तिम्ले बाटो फेर्यौ अरे’को दोस्रो भागलाई लिएर गायिका मेलिना निकै उत्साहित छिन्। भन्छन्, ‘मलाई यो स्थानमा पुग्न तिम्ले बाटो फेर्यौ अरे ले निकै सहयोग पुर्याएको छ। त्यसको दोस्रो भाग रिलिज भएको छ। यसले पनि मेरो करिअरमा थप सहयोग गर्नेमा म विश्वस्त छु।’आफूले गाएको गीतहरूमा मन पर्ने गीत मध्ये यो पनि एक भएको मेलिनाको भनाई छ। त्यस्तै, गीतकार दर्पण राई पनि यस गीतलाई लिएर निकै आशावादी छन्।
उनी भन्छन्, ‘पहिलो भागमा भन्दा दोस्रो भागमा धेरै मेहनत गरेका छौं। गीत मेकिङको हिसाबमा हामी कतै चुकेका छैनौं। त्यसैले यस गीतलाई लिएर निकै आशावादी छु।’ पहिलो भाग निकै सफल भएका कारण यो पनि सफल हुने उनको विश्वास छ।
अघिल्लो पटकको गीत ‘तिमीले बाटो फेर्यो अरे’ मा मेल भर्सनमा भर्सटायल गायक राजेश पायल राई, फिमेल भर्सनमा मेलिना र किड भर्सनमा जिग्मे छ्योकी शेर्पाको स्वर रहेको थियो । गीतकार राईद्वारा रचित ‘तिमीले बाटो फेर्यो अरे’ बोलको गीतकाे कभर अहिलेसम्मकै सबै भन्दा बढि गरिएको छ । गीतकार राईद्वारा रचित ‘तिमीले बाटो फेर्यो अरे’ बोलको गीतकाे कभर अहिलेसम्मकै सबै भन्दा बढि गरिएको छ ।
स्मरण रहोस् नेपालको पहिलो नेपाल आइडलको उपाधि खोटाङका विक्रम राईले २०७० साउन दुई गते हात पारिसकेका छन् । पहिलो ‘नेपाल आइडल’ रेडलाईट इन्टरटेन्मेन्टको आयोजनामा २०६९ भदौ ७ गतेदेखि सुरु भएको थियो । नेपाल टेलिभिजनबाट प्रराण भएको उक्त रियालिटी शोमा अन्तर्राष्ट्रिय फ्रेन्साइज भने थिएन तर नेपाल आइडल नै थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।