काठमाडौँ । चीनको सान्यामा सम्पन्न भएको ‘मिस वल्र्ड’ २०१८ को उपाधि मेक्सिकोले हात पारेको छ । मेक्सिकोकी सुन्दरी भेनेसा देलिअाेनले मिस वर्ल्ड २०१८काे ताज पहिरिन् । लिओनले नेपालसंगै १ सय २0 देशका प्रतिसपर्धी हरुलार्इ पछि पार्दै ‘मिस वल्र्ड’ २०१८ को उपाधि जितेकी हुन् ।
फाइनलमा थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमैका छानिएका थिए । मेक्सीकोले थाइल्याण्ड, युगाण्डा,बेलारुस र जमैकालाई पछि पार्दै ‘मिस वल्र्ड’ २०१८ को उपाधि लिन सफल भएको हो । त्यस्तै थाइल्याण्डकी प्रतियाेगी फर्स्ट रनर अप हुन सफल भइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।