काठमाडौं । ‘तपाई गीत किन गाउँनुहुन्छ ?’ १७ वर्षदेखि संगीत क्षेत्रमा अडिग भई लागिपरेका गायक अर्जुन सुनामलाई प्रश्न थियो । उनको उत्तर थियो, ‘गीत अक्सिजन हो । त्यसैले गाउँछु नि ।’
आइतबार उनै गायक सुनामको ‘अर्जुन सुनाम सुमधुर साँझ भिडियो सार्वजनिक तथा सहयोग हस्तान्तरण कार्यक्रम–२०७५’ सम्पन्न भएको छ । अनामनगरस्थित ‘विनायो क्याफे’मा सो कार्यक्रमको आयोजना गरिएको थियो । सिभिल हस्पिटलमा रोगले छटपटाउँदै गरेका पूर्ण श्रेष्ठलाई वरिष्ठ गायक नारायण रायमाझीले सिर्जना राईमार्फत् २० हजार एक सय पाँच रूपैयाँसमेत हस्तान्तरण गरेका छन् ।
केही दिनअघि जमलस्थित राष्ट्रिय नाचघरमा अर्जुन सुनाम सुमधुर साँझ २०७५’ एकल साँझ सम्पन्न गरिएको थियो । कार्यक्रमको उद्घाटन वन तथा वातारणमन्त्री शक्ति बस्नेतले गरेका हुन् । सत्यवती कला केन्द्रको व्यवस्थापनमा आयोजित सुनाम सुमधुर साँझले कार्यक्रमको लागत खर्चबाहेक बाँकी रहेको रकम क्यान्सर पीडित पूर्ण श्रेष्ठको उपचारका लागि प्रदान गर्ने घोषणा गरेको थियो ।
आइतबारको कार्यक्रममा वरिष्ठ गायक नारायण रायमाझी, गीतकार तथा संगीतकार वीवी अनुरागीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम प्रस्तोता तथा सत्यवती कला केन्द्रका प्रबन्ध निर्देशक उदीराम खड्काले ‘अर्जुन सुनाम सुमधुर साँझ भिडियो सार्वजनिक’ भएको जानकारी दिए । रीमा इन्टरटेन्मेट नेपालले आफ्नो युट्युवमा आइतबार सार्वजनिक गरेको छ । ‘गीत अक्सिजन हो’ भनेर बताउँने सुनाम बन्धकी चलचित्रको ‘सुर्खेतमा बुलबुले ताल’ को गीतबाट नेपाली संगीत क्षेत्रमा उदाएका गायक हुन् । हाल उनको दर्जनौँ गीत बजारमा हिट छन् ।
संगीत क्षेत्रमा निरन्तर अडिग भई लागेको १७ वर्ष भएको छ । सात वर्षको उमेरमा आमाको मायाबाट टाढिएका सुनाम ०३९ सालमा कैलालीको लम्कि चुवा नगरपालिकामा जन्मिएका हुन् । परिवारको कान्छो उनमा सानैदेखि संगित क्षेत्रले बास गरेको थियो । ०५९ मा गाउँबाट सुर्खेत हुँदै काँधमा झोला भिरेर काठमाडौँ छिरेका उनले संगीत क्षेत्रमा अनेक दुःख कष्ट खेपेको वरिष्ठ लोक गायक यज्ञराज उपाध्यायले बताए ।
वरिष्ठ गायक रायमाझीले सुनामको प्रशंसा गर्दै सुनामजस्ता प्रतिभाशिल गायकको खोजी हुनुपर्ने पनि जोड दिए । त्यस्तै, कार्यक्रममा चाँदनी रोधी घरका सञ्चालक भिम श्रेष्ठले अर्जुन फूल र आफू फूलको जरा भएको स्पष्ट पारे । श्रेष्ठले अर्जुनको बुलबुले गीत सुने पनि प्रत्यक्ष भेट नभएको र पहिलो चोटी रोधी घरमा निमन्त्रणा गरेपछि मात्रै चिनजान भएको पनि सुनाए । ‘अर्जुन सुनाम प्राकृतिक गायक हुन् । जस्को स्वरमा जादुमय छ, मीठास भरिएको छ । अर्जुनजस्ता सक्कली गायकको खाँचो छ ।’ श्रेष्ठले भने, ‘उनी पर्दामा छाउनका लागि प्रचारप्रसारमा दौँडिने कलाकार होइनन् । न त कुनै लोभ, लालचको मोह छ उनमा । उनी अविरल यात्रामा अडिग भई बगिरहेका छन् । उनलाई बग्न सदैव साथ दिनेछु ।’
भिडियाे :
[embedded content]
सुनामको पहिचान गायकको पहिचानले मात्र पूर्णता हुँदैन । उनी विशुद्ध समाजसेवी पनि हुन् । उनलाई सोधियो समाजसेवातिर होमिइनुको कारण ? उनले मुहारमा हाँसो भर्दै भने, ‘समाजमा हामी थुप्रै मानिसहरु छौँ । जो अरुबाट प्रेरित त कोही आफैँ । तर, हामी सबै अन्य प्राणीभन्दा चेतनशिल छौँ र त हाम्रो नाम मानिस ।’ १७ वर्षदेखि निरन्तर संगीत क्षेत्रमा अडिग भई लागि परेका सुनामको भर्खरै अर्जुन सुनाम सुमधुर साँझ भिडियो सार्वजनिक भएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।