काठमाडाैं । नेपाली संगीतको क्षेत्रमा लामो समयदेखि क्रियाशिल प्रतिभाशाली गायक पवन राना मगर फेरी उत्कृष्ट प्रस्तुतीका साथ आएका छन् । पवनको हालै सार्बजनिक गीत हल्ला हुने भो यतिखेर निकै लोकप्रीय बनिरहेको छ । लोक दोहोरी,आधुनिक, मौलिक संस्कृति झल्कने कौराहा,सालैजो, पप सबै बिधाको गीत अब्बल रुपले गाउन सफल गायकमा पर्ने गर्छन, गायक पवन राना मगर ।
सार्वजनिक भिडियोमा चर्चित गायक तथा मोडेल दुर्गेश थापा र रितु तामाङले अभिनय गरेका छन् । भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । गीतमा चिरपरिचित गायक तथा शब्द संकलक अरबिन्द्र भट्टराईको लय तथा शब्द सृजना रहेको छ । लोक पप बिधामा आधारित रहेको हल्ला हुने भो गीतले सार्वजनिक भए लगतै निकै राम्रो राम्रो प्रतिक्रिया पाउन सफल भएको छ ।
चर्चा परिचर्चा बटुल्दै गरेको यश गीतले सबै दर्शक श्रोताको मन जित्नेमा ढुक्क रहेको बताउछन गायक पवन राना । कौरा चलचित्रका नायक समेत रहेका पवनले यश अघिनै युके, मलेसिया लगायतका देशहरुमा आफ्नो सफल प्रस्तुति दिइसकेका छन् । भिडियो हेर्नका लागि तल क्लिक गर्नु होला –
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।