काठमाडौं । ‘कलकते काइयो’ गीतका गायक अविनाश घिसिङको स्वरमा रहेको नयाँ गीत ‘लाइसेन्स ठेक्का’ बोलको गीत सार्वजनिक भएको छ। आइतबार युट्युबमार्फत् सार्वजनिक गरिएको यो गीतमा अविनाशसँगै मुना पख्रिनको स्वर सुन्न सकिन्छ। गीतमा शब्द तथा संगीत पनि अविनाश र मुनाकै रहेको छ।
भरत सिटौलाको निर्देशनमा तयार भएको भिडियोमा अविनाश र मान्शी लामा फिचरिङ छन् । सुन्दर लोकेशनमा खिचिएको भिडियो निकै उच्च क्वालिटीको बनेको छ। भिडियोको मेकिङ कुनै हलिउड गीतको भन्दा कम देखिन्न ।
राजिव समरको नृत्य निर्देशनमा बनेको गीतको भिडियोमा अनिल के मानन्धरको छायाँकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ। भिडियोमा अविनाश मानन्धरले ड्रेन चलाएका छन्।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।