काठमाडौं । अनमोल केसी स्टार फिल्म ‘क्याप्टेन’को दुई वटा पोस्टर रिलिज भएको छ । सार्वजनिक नयाँ दुई पोस्टर मध्ये एकमा अनमोललाई मात्र प्रस्तुत गरिएको छ । त्यस्तै अर्को पोष्टरमा भने अभिनेता अनमोलको साथमा अभिनेता सुनिल थापा र प्रशान्त ताम्राकारलाई पनि प्रस्तुत गरिएको छ । यसअघि सार्वजनिक भएको पोस्टरमा अनमोल नेपालको जर्सी लगाएर खेलाडीको रूपमा प्रस्तुत भएका थिए ।
यो फिल्म आगामी फागुनबाट दर्शकमाझ रिलिजमा आउँदैछ । निर्माण पक्षका अनुसार यो फिल्मको पहिलो गीत आउँदा बिहीबार सार्वजनिक हुनेछ । सुपर काजल फिल्मसको ब्यानरमा यो फिल्मलाई भूवन केसीले निर्माण गरेका हुन् । दिवाकार भट्टराईको निर्देशनमा बनेको यो फिल्ममा नमोल केसी, उपासना सिंह ठकुरी र प्रियङ्का एमभी लगाएतको मुख्य भूमिका रहनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।