- रामहरि श्रेष्ठ,
ओखलढुंगा, २५ मंसिर । ओखलढुंगेली मोडेल तथा कलाकार उमंग श्रेष्ठ र तारा पुनको मार्मिक लोक दोहोरी गीत ‘धोकाको पसल’ सर्वजनिक भएको छ । योग्शना डिजिटको प्रस्तुती रहेको गीतमा चर्चित गायिका बिष्णु माझी र बिशाल सोनीले आवाज भरेका छन् । गीतमा सर्जक गणेश अधिकारीको लय तथा ऐमान प्रतिको शब्द रहेको छ ।
कपिल लामाले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोमा सारिका के सी, उमंग श्रेष्ठ र तारा पुनको अभिनय रहेको छ । गीतको छायांकन सुरेश श्रेष्ठले गरेका हुुन् भने सम्पादन सुजन शाहीले गरेका हुन् । गीतको म्युजिक भिडियो म्युजिक नेपालमा मार्फत हेर्न सकिन्छ ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।