एजेन्सी । झाँसीकी रानी लक्ष्मीबाईको जीवनमा आधारित फिल्म ‘मणिकर्णिका’ २५ जनवरी २०१९ बाट दर्शकमाझ रिलिजमा आउँदैछ । यो फिल्ममा अभिनेत्री कंगना रनौत रानी लक्ष्मीबाईको भुमिकामा देखिदै छन् । अभिनेत्री कंगनाले रानी लक्ष्मीबाईको हक जति छ त्यतिनै सम्मान दिन चाहन्छिन् ।
यो फिल्ममा अभिनेत्री कंगनाको साथमा अन्य कलाकारहरु पनि मुख्य भुमिकामा छन् । सबै कलाकारहरुको भुमिका महत्वपूर्ण छ । अभिनेत्री कंगनाले भनिन्, ‘मणिकर्णिका’मा रानी लक्ष्मीबाईकी सेनाहरुनै उनको ताकत हो ।’
यो फिल्ममा अंकिता लोखंडे झलकारीबाईको भुमिकामा देखिदै छन् । त्यस्तै मिष्ठीले रानी लक्ष्मीबाईको साथिको भुमिकामा देखिने छन्, भने पछछि सेनामा भर्ना हुन्छन् । अभिनेत्री कंगनाले भनिन्, ‘ट्रेनिङ गर्दा हामीले धेरै रमाइलो ग¥यौं । हामीले सकेसम्म रानी लक्ष्मीबाईको भुमिकालाई जीवन्त दिने कोशिस गरेका छौं ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।