एजेन्सी । बलिउड अभिनेत्री जरिन खानको कारसँग एक मोटरसाइकल ठोक्किएको छ । यसरी अभिनेत्री जरिनको कारसँग मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
जरिनको कारसँग मोटरसाइकल ठोक्किएपछि मोटरसाइकलमा सवार एक जना गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि अस्पताल लगिएको थियो, तर डाक्टरहरुले उनलाई बचाउन सकेनन् ।
एनी (ANI) का अनुसार मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो । सुत्रले दिएको जानकारी अनुसार मोटरसाइकल चालकले हेलमेट लगाएका थिएनन् । अभिनेत्री जरिनको कारको ठक्करबाट मोटरसाइकल चालकको टाउको डिभाइडरमा बजारिएको थियो । जसबाट उनी गम्भीर घाइते बनेका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।