मुम्बई । अमेरिकी गायक तथा कलाकार निक जोनाससँग भर्खरै विवाह बन्धनमा बाँधिएकी बलिउड नायिका प्रियंका चोपडाले आफु तत्काल फिल्ममा काम नगर्ने बताएकी छिन् । यसै बर्षको शुरुवातमा इन्गेजमेन्ट गरेका निक प्रियंका हनिमुनको लागि ओमान पुगेका छन् ।
आफु भन्दा १० वर्ष कम उमेरका प्रेमी निकसँग विवाह गरेकी प्रियंकाले सामाजिक सञ्जालमा तस्बिरहरु सार्वजनिक गरेकी छिन् ।बलिउड हुँदै हलिउडसम्म अभिनय यात्रा पुर्याएकी ३६ बर्षिया नायिका प्रियंका चोपडाले यसै वर्ष विवाहको लागि सलमान खानको बिग बजेटको फिल्म ‘भारत’बाट हात झिकेकी थिइन् ।
पतिसँग हनिमुनमा हनी र मुन रम्दै गरेको भनाई सहित उनले तस्बिर सार्वजनिक गरेकी हुन् । प्रियंकाले अव दाम्पत्य जीवन व्यवस्थित गरेपछि मात्र फिल्ममा फर्कने बताएकी छिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।