एजेन्सी । अभिनेत्री आलिया भट्टलाई आगामी फिल्म ‘ब्रमहास्त्र’को सह कलाकार रणवीर कपुरसँगको आफ्नो सम्बन्धको बारेमा कुरा गर्न लाज लाग्ने बताएकी छन् । अभिनेत्री आलियाले विहीबार आयोजित ‘निकलोडियन किड्स अवार्ड २०१८’मा अभिनेता रणवीरसँगको बारेमा कुराकानी गर्न लाज लाग्ने बताएकी हुन् ।
केही समय अघि अभिनेत्री आलियाकी फिल्म निर्माता बुबाले आफ्नो छोरी रणवीरसँग रिलेशनसिपमा रहँदा निकै खुसी भएको बताएका थिए ।
अभिनेता रणवीरसँगको आफ्नो सम्बन्धलाई बुबाबाट मिलेको स्वीकृतिलाई कसरी हेर्नुहुन्छ भनेर सोधिएको थियो, जहा अलियाले भनेकी छन्, ‘तपाईहरु भविष्यमा किन गइरहनुभएको छ ? वर्तमानमै रहनुपर्छ । इमान्दारीतासँग भन्न चाहन्छु कि, म यो विषयमा कुरानै गर्न चाहन्न ।’
उनले थपिन्, ‘मलाई लाज लागिरहेको छ, तर मैले बुबालाई धेरै माया गर्छु ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।