काठमाडौँ। एपिक नेपाल म्युजिक अवार्ड २०७५को नोमिनेशनमा गायक यमन माझीको ‘संगै जिउने’बोलको गीत
पर्न सफल भएको छ।
लामो समयदेखि गायन क्षेत्रमा सक्रिय रहिआएका यमन धेरैजसो आधुनिक गीतहरु गाउछन् । त्यसैबीच उनका गीतहरुमध्ये ‘संगै जिउने’बोलको गीत सर्वोकृष्ट छानिएर यमन एपिक नेपाल म्युजिक अवार्डको आधुनिकनव गायकमा नोमिनेट हुन सफल भएका हुन् । पछिल्लो समय निकै चर्चा बटुल्दै आएका माझीले गत असारमा रिलिज भएको नेपाली चलचित्र ‘एक्स्ट्रा माया’मा समेत अभिनय गरेका छन् ।
उनलाई भोट गर्नका लागि भोटिङकोड १४२ रहेको छ । इएमए टाइपगरी एक स्पेस छाडेर भोटिङ कोड १४२ टाइपगरी ३८६८७ मा म्यासेज पठाएर उनलाई भोट गर्न सकिन्छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।