काठमाडाैँ । चलचित्र ‘केदारनाथ’मार्फत बलिउडमा पाइला टेकेकी सारा अली खानले नेपाली लवजसहित नेपालीलार्इ सम्बाेधन गरेकाे भिडियाे सामाजिक सञ्जालमा नेपालीहरुले खूबै रुचाएका छन् ।
साराकाे डेब्यू फिल्म केदारनाथले नेपालबाट अत्यधिक माया पाएको भन्दै उनले खुखी हुँदै नेपालीलार्इ सन्देश पठाएकी हुन् । अाफ्नाे फेसबुकमार्फत उनले नेपालीलार्इ धन्यवाद दिँदै भनेकी छिन्- ‘नमस्ते, कस्तो हुनुहुन्छ नेपाल ?’
थाेरै शब्दमा भए पनि उनले नेपाली भाषाबाटै अाफ्ना नेपाली दर्शकलार्इ सम्बाेधन गरेकी हुन् । उनले भिडियाेमा थप भनेकी छिन्, ‘केदारनाथका लागि नेपालबाट अत्यधिक माया, उत्प्रेरणा पाएकोमा निकै खुसी छुँ । सोसल मिडियामा पाइरहेको तपाईंहरुको मायाका लागि हामी निकै आभारी छौं ।’
उनले नेपाललार्इ ‘देवी-देवता’को देशका रुपमा लिँदै ‘तमाम सुन्दर महिला र प्यारा बहादुर पुरुषहरु’लाई धन्यवाद दिएकी छिन् । भिडियो फेसबुकमा अाएपछि उनका थुप्रै नेपाली फ्यानले कमेन्ट र शेयर गरेका छन् ।
हेर्नुहाेस् भिडियाे-
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।