काठमाडौं । फिलिपिन्सकी सुन्दरी क्याट्रिवना ग्रेले ‘मिस युनिभर्स २०१८’ को ताज पहिरिएकी छिन् । थाइल्याण्डकको बैंककमा आज भएको फाइनल प्रतिस्पर्धामा ९३ देशका प्रतिस्पर्धीलाई पछि पार्दै क्याट्रिओनाले मिस युनिभर्सको ताज जितेकी हुन् ।
मिस युनिभर्सको ताज जित्ने क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन् । यसअघि सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सकै सुन्दरीहरुले मिस युनिभर्सको ताज जितेका थिए ।
२४ वर्षीया क्याटरिनाले संगीतमा स्नातकोत्तर गरेकी छन् । शिक्षण पेसमा आबद्ध उनले दक्षिण अफ्रिका र भेनेजुयलाकी सुन्दरीलाई पछाडि पार्दै विश्व ब्रह्माण्ड सुन्दरीको उपाधि हात पारेकी हुन् ।
फस्ट रनरअप दक्षिण अफ्रिका र सेकेन्ड रनरअप भेनेजुयलाका सुन्दरीहरु भए । नेपालकी मिस युनिभर्स मनिता देवकोटा टप टेनमै सीमित भएकी छन् ।
मिस युनिभर्सको टप फाइभमा फिलिपिन्स, दक्षिण अफ्रिका, भेनेजुयला, भियतनाम र पोर्ट रिको छनोट भएका थिए । टप टेनमा भने नेपाल, क्यानाडा, थाइल्याण्ड, पोर्ट रिको र क्रुसाओ छनोट भएका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।