एजेन्सी । सैफ अली खानकी छोरी सारा अली खानको लागि २०१८ बिशेष सावित भइरहेको छ । अभिनेत्री साराले गत साता रिलिजमा आएको फिल्म ‘केदारनाथ’बाट बलिउडमा डेब्यु गरेकी हुन् । यसै महिना अभिनेत्री साराको अर्को फिल्म ‘सिम्बा’ पनि दर्शकमाझ रिलिजमा आउँदैछ ।
साथै अहिले अभिनेत्री साराको तेस्रो फिल्मको चर्चा चल्न थालेको छ । टाइम्स अफ इण्डीयाको एक रिपोर्ट अनुसार अभिनेत्री साराको पपुलारीटिलाई ध्यानमा राखेर फिल्मकर्मी साजिद नाडियाडवालाले ‘बागी ३’को लागि अप्रोच गरेका छन् । फिल्ममा सारा अभिनेता टाइगर श्रफसँग देखिनसक्नेछन् । मेकर्सको पहिलो ध्यान अभिनेत्री सारा माथि परेको छ ।
तर बागी ३ को लागि अभिनेत्री सारा तयार छन् या छैनन् भन्ने जानकारी भने आएको छैन । ‘बागी’ र ‘बागी २’ फिल्मले बक्स अफिसमा कमाल गरेको थियो । बागी फिल्ममा टाइगर श्रफको साथमा श्रद्धा कपुर मुख्य भुमिकामा थिए । ‘बागी २’ फिल्ममा भने टाइगर र दिशा पटानी मुख्य भुमिकामा थिए ।
अभिनेत्री साराको डेब्यु फिल्म ‘केदारनाथ’को बारेमा भन्नु पर्दा बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । यो फिल्ममा अभिनेत्री साराको कामको राम्रो तरिफ गरिएको छ । फिल्ममा सुसान्त सिंहराजपुत पनि मुख्य भुमिकामा छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।