काठमाडौं । बालबालिका सम्वन्धी सौन्दर्य प्रतियोगिता ‘लिटिल स्टार अफ द इयर २०१९’ का ६५ प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् ।
थापाथलीस्थित होटल ब्लुबडमा उनीहरु प्रशिक्षण मार्फत आफुलाई निखार्न लागेका हुन् । राजधानीमा आयोजित १२० सहभागी प्रारम्भिक चरणको अडिसनबाट यी ६५ प्रतियोगी छानिएका हुन् ।
प्रतियोगीले शिर्ष उपाधी चुम्दै आफ्नो भाग्य चम्काउने उदेश्यले सोमबारबाट नियमित प्रशिक्षणमा जुटेका हुन् । प्रारम्भिक चरणको अडिसनमा सहभागी १२० मध्यबाट अन्तिम चरणका लागि यी प्रतियोगी छानिन सफल भएका हुन् ।प्रतियोगीलाई प्रशिक्षण मार्फत निखार्ने काम मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार बिरेन्द्र हमाल,तेन्जु योन्जन, सन्तोष भुजेल लगायतले गरिरहेका छन् ।
प्रशिक्षणको क्रममा उनीहरुले संगीत, गायन, नृत्य, ब्याक्तित्व विकास, सामाजिक उत्तरदायत्व, बालअधिकार, अनुसासन, पब्लििक स्पिकिङ लगायत विषयको ज्ञान लिने प्रतियोगीताको कोडिनेटर गीता पुरीले जानकारी दिइन् । प्रतियोगीताको कोअडिनेटरमा अन्जु शर्मा, रस्मिना मट्टराई समेत रहेका छन्, भने सह कोअडिनेटरको रुपमा शुशान्तकाजी श्रेष्ठ रहेका छन् ।
बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भबिस्य निर्माण तिर अग्रसर गराउने उद्देश्यले केही बर्ष अगाडि एनोवेसन इवेन्ट म्यानेजमेन्टले यो प्रतियोगीता सुरु गरेको हो । ७ देखि १४ बर्षसम्मका बालबालिकाले सहभागिता रहेको प्रतियोगीतामा ७ देखि ९, १० देखि १२ र १३ देखि १४ गरी भिन्न भिन्नै तीन समहुको बिजेता छानिने आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले जानकारी दिए ।
शिर्षसहित बिभिन्न उप बिजेता समेत छानिने प्रतियोगितामा बिजेताले बिभिन्न पुरस्कार र अवसर एकसाथ जित्न सक्ने आयोजले जनाएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।